भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौँ ल्याउने तयारी
सारांश
- शुक्रबारको वर्षापछि भैरहवामा यात्रु अलपत्र परेका छन्।
- नेपाल वायु सेवा निगमले काठमाडौँ-भैरहवा चार्टर उडानको अनुमति मागेको छ।
- प्राधिकरणले आन्तरिक उडानको अनुमति दिने वा नदिने विषयमा छलफल गरिरहेको छ।
काठमाडौँ । शुक्रबारदेखिको अविरल वर्षापछि भैरहवामा अलपत्र परेका यात्रुहरूलाई चार्टर विमानमार्फत काठमाडौँ ल्याउने तयारी भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल वायु सेवा निगमले काठमाडौँ–भैरहवा–काठमाडौँ चार्टर उडान गर्न अनुमति मागेको छ ।
निगमले सडक यातायात अवरुद्ध हुँदा धेरै यात्रुहरू भैरहवामा अलपत्र परेको भन्दै चार्टर उडान गर्ने अनुमति माग गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार प्राधिकरणले अहिलेसम्म अनुमति नदिएको बताए । उनका अनुसार निगमका जहाजहरू सबै अन्तर्राष्ट्रिय उडानको लागि मात्रै रहेको र आन्तरिक उडानको लागि अनुमति दिने वा नदिने विषयमा छलफल भइरहेको छ ।
प्राधिकरणले अनुमति दिएसँगै सोमबार बिहान चार्टर उडान गर्ने तयारीमा निगम रहेको छ । विशेष गरी वैदेशिक रोजगारीमा जान टिकट लिएका र अशक्त व्यक्तिहरूका लागि विमान चार्टर गर्ने तयारीमा निगम रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण