पहिरोले कारागार सहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा
सारांश
- अविरल वर्षापछि आएको बाढीपहिरोले संखुवासभाका विभिन्न स्थानमा क्षति पुर्याएको छ।
- खाँदबारीस्थित कारागारको पर्खाल भत्किएको छ भने नेपाली सेनाको गुल्म र नगर अस्पताल पनि जोखिममा परेका छन्।
- चैनपुर-३ मा रहेको एक घर पहिरोको उच्च जोखिममा परेको छ, र परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
सङ्खुवासभा । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछिको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ ।
शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले जोखिम बनाएको उनले बताए।
पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिए पनि वर्षाका कारण समस्या भएको उनको भनाइ छ । पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत जोमिममा परेको जनाइएको छ । पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
त्यस्तैगरी चैनपुर –३ सिद्धपोखरीमा एक घर पहिरोको जोखिममा परेको छ । आइतबार दिउँसो आएको वर्षाका कारण ढुङ्गामाटोले बनेको तेञ्जि शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको उहाँले बताउनुभयो । ती परिवारलाई अन्यत्र सारिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण