वर्षाका कारण रौतहटका विभिन्न सडकमा यातायात अवरुद्ध
सारांश
- अविरल वर्षाले रौतहट जिल्लामा जनजीवन कष्टकर बनेको छ, जसले गर्दा विभिन्न सडक खण्डमा यातायात अवरुद्ध भएको छ।
- सदरमुकाम गौर नगरपालिकाका गल्ली र सडकमा पानी जमेको छ, जसले गर्दा पसल, घर र कार्यालयमा पानी पसेको छ।
- बाढीका कारण सयौं बिघा धान र उखु खेतीमा क्षति पुगेको छ, र राहत तथा उद्धारका लागि स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र सेना खटिएका छन्।
रौतहट । अविरल वर्षाका कारण रौतहट जिल्लामा जनजीवन कष्टकर बनेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार लगातारको वर्षाका कारण जयनगर–मौलापुर–सोनारनिया हुँदै हरनहिया–कलैया जोड्ने सडक एक स्थानमा बगाएको छ ।
सोनारनिया गाउँदेखि पश्चिमतर्फ कालोपत्रे सडकमा आइतबार साँझ करिब ७–८ फिट सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।
उक्त सडकखण्डमा अहिले साइकिल र मोटरसाइकल मुस्किलले आवतजावत गरिरहेका छन् भने चारचक्के सवारी साधनले वैकल्पिक मार्गका रूपमा सोनारनिया–सागैया–पिपरिया हुँदै हुलाकी सडक प्रयोग गरिरहेका छन् ।
सदरमुकाम गौर नगरपालिकामा जमेको पानी अझै निकास नहुँदा स्थिति थप गम्भीर भएको छ । बजारका हरेक गल्ली र सडकमा पानी जमेको छ भने अधिकांश पसल, घर र कार्यालयमा समेत पानी पसेको छ ।
सबगढा लचकामा पानीको तीव्र बहावका कारण यातायात आवागमन रोकिएको छ । गौरको मुख्य सडकमा करिब डेढ फिट र भन्सार क्षेत्र वरपर दुई–तीन फिटसम्म पानी जमेको छ । जिल्ला अदालत, मालपोत कार्यालयसहित प्रायः सबै सरकारी कार्यालयको प्राङ्गण जलमग्न भएको छ ।
पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ र २ स्थित लचकामा पानीको बहाव कम भएपछि गाडी आवतजावत सामान्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले बताए ।
बागमती नदीको पानीको सतह हाल सामान्य भए पनि समनपुर–धरमपुर सडक खण्डमा पानीका कारण यातायातमा कठिनाइ भएको छ । जिल्लाको पश्चिमी भेगमा रहेको लालबकैया नदी र पूर्वी क्षेत्रमा रहेको चाँदी खोला र झाँझ खोलाको अवस्था भने अझै सामान्य हुन सकेको छैन ।
बागमती र लालबकैया नदीका केही स्थानमा आइतबार बाँध फुट्दा सयौँ बिघा धान र उखु खेतीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना सतर्कतापूर्वक राहत तथा उद्धारमा खटिएको स्थानीय प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण