चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिन महानगरको आग्रह
सारांश
- काठमाडौं महानगरले चाडपर्वमा दूध र दुग्धजन्य पदार्थको स्वच्छतामा ध्यान दिन आग्रह गरेको छ।
- विभागका प्रमुखले उपभोगकर्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरे।
- उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरले चाडपर्वको समयमा दूध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छतामा ध्यान दिन आग्रह गरेको छ ।
महानगरको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेले चाडबाडको समयमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुने भएकाले त्यसको गुणस्तरमा ख्याल गर्न आग्रह गरेका हुन् ।
विशेष गरी बालबालिका र वृद्धवृद्धाले बढी दूधजन्य वस्तु उपभोग गर्ने भएकाले उक्त समूह सबैभन्दा जोखिममा पर्ने भन्दै स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ छ । “दूध र दुग्धजन्य पदार्थ प्रायः सबै उपभोक्ताले उपभोग गर्ने भएकाले सानो गल्ती हुँदा पनि स्वास्थ्यमा समस्या हुनसक्छ । त्यसैले उपभोक्ताका साथै दूधमा प्रयोग हुने पानीको गुणस्तर, बिक्री–वितरणका लागि प्रयोग हुने प्लास्टिक वा रबरको गुणस्तर, भण्डारणको तरिका आदिमा व्यवसायीहरू निकै सचेत हुनुपर्छ”, न्यौपानेले भने ।
महानगरले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विविध कार्यक्रम गर्दै आएको छ । महानगरद्वारा सञ्चालित खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले अब व्यवसायलाई सुदृढ तथा व्यवस्थित बनाउन डेरी पसल र साना दूध तथा दुग्ध पदार्थ प्रशोधन व्यवसायी सुधारको कामसमेत गरिनुपर्ने बताए ।
“उक्त कार्यक्रममा दूध र दुग्धजन्य व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, व्यवसाय सञ्चालनमा अपनाइएका र अपनाउनुपर्ने अभ्यास, खाद्य स्वच्छता कायम गर्ने तरिका, बिक्री–वितरण र प्रशोधन स्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया, उत्पादनको स्वाद परीक्षणलगायत विषयमा पनि ध्यान दिन आवश्यक छ । हामीले यो सुझाव दिइएका छौँ”, उनले भने ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार दूषित खानपानका कारण विश्वभर करिब ६० करोड मानिस बिरामी पर्ने र वार्षिक चार लाख २० हजारको मृत्यु हुने गरेको छ । त्यसैले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन् ।
नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपकप्रसाद धमला स्वच्छताका विषयमा निरन्तर प्रशिक्षण हुनुपर्ने आवश्यकता औँल्याउँछन् । “प्रत्येक वर्ष नयाँ व्यवसायी र नयाँ प्रविधि भित्रिन्छ । मानिसले जानेकै कुरा पनि व्यवहारमा अपनाउँदैनन्, त्यस विषयमा ध्यान दिन सचेतना र प्रशिक्षण दिन आवश्यक छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण