पालिकाले मनोमानी गरेको आरोप, कर नतिर्ने घोषणा
सारांश
- भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई स्थानीय कर नतिर्ने घोषणा गरेको छ।
- संघले स्थानीय क्लबलाई व्यापारिक मेला आयोजना गर्न अनुमति दिएकोमा असन्तुष्टि जनाएको छ।
- संघले आर्थिक शिथिलताका बाबजुद स्थानीय सरकारले बेवास्ता गरेको आरोप लगाएको छ।
स्याङ्जा । भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ ।
संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि जनाउँदै यस्तो घोषणा गरेको हो ।
अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीबारदेखि एक स्थानीय क्लबले ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टल राखेर मेला आयोजना गर्न लागेको र यसले स्थानीय व्यापारीहरूलाई निरुत्साहित गर्ने र थप पीडा दिने भन्दै संघले विरोध जनाएको हो ।
भीरकोट उद्योग वाणिज्य संघले आफूहरूले राज्य पुनर्संरचना पछि व्यापारिक हकहितका लागि स्थापना कालदेखि नै नगरपालिकालाई रचनात्मक कार्यमा सहयोग गर्दै आएको स्मरण गराएको छ ।
संघले यसअघि दुईवटा भीरकोट महोत्सव सफलतापूर्वक सम्पन्न गरी भीरकोट, स्याङ्जा जिल्ला र समग्र गण्डकी प्रदेशको पहिचान, चिनारी, र कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।
'हाल देशको विषम परिस्थिति र आर्थिक शिथिलताका बाबजुद स्थानीय सरकारलाई पटक-पटक लिखित तथा मौखिक अनुरोध गर्दागर्दै, सीमित राजनैतिक दादागिरीको आडमा स्थानीय क्लबलाई व्यापारिक मेला गर्न अनुमति दिइयो,’ विज्ञप्तिमा भनिएको छ, ‘संघसँग कुनै सहमति नगरी यस्तो निर्णय गरिएकाले हामी यो निर्णय लिन बाध्य भएका छौँ ।’
गत १८ गते बसेको संघको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अर्यालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण