सिराहामा राष्ट्रिय परिचयपत्र बनाउने समय परिवर्तन
बुधबार, २२ असोज २०८२, १५ : १४
सारांश
- सिराहा जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने समय परिवर्तन गरेको छ।
- दसैँ मनाउन घर आएका सेवाग्राहीको चाप बढेपछि समय परिवर्तन गरिएको हो।
- अब राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिहान ७ बजेबाटै सुरु हुनेछ।
सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले राष्ट्रिय परिचयपत्र बनाउने समय परिवर्तन गरेको छ। जिप्रका सिराहाका अनुसार सेवाग्राहीको अत्यधिक भीडका कारण आजदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बिहान ७ बजेबाट नै सुरु गरिएको हो।
दसैँ मनाउन घर आएकाहरूले परिचयपत्र बनाउँदा कार्यालयमा चाप बढेको हो । सेवाग्राहीको चाप बढेकाले सेवाको समय अगाडि सारिएको जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जनाएका छन् ।
उनका अनुसार अहिले दुई सय ५० देखि तीन सय जनाले राष्ट्रिय परिचयपत्र बनाउने गरेका छन् । यो पहिलेको तुलनामा दोब्बर हो ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि यही समय तालिका लागू हुने उल्लेख छ। कार्यालयले सेवाग्राहीलाई समयमै उपस्थित भई आवश्यक सेवा लिन अनुरोध समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण