१२ बजे १२ समाचार: कुवेतमाथि नेपालको सहज जित, मधेस प्रदेश सरकारबारे दलहरूबिच मतभेद कायमै
सारांश
- मधेस प्रदेशमा मुख्यमन्त्रीले राजीनामा नदिएपछि नयाँ सरकार गठनको प्रयास भइरहेको छ।
- शेरबहादुर देउवाले स्वास्थ्य अवस्था हेरेर महाधिवेशनबारे निर्णय लिने तयारी गरेका छन्।
- भ्रष्टाचार मुद्दामा पोखराको जग्गा प्रकरणमा ७ जनाविरुद्ध मुद्दा दायर भएको छ, जसमा पूर्वमन्त्रीहरु पनि छन्।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ–
१. मधेस प्रदेश
मधेस प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छैनन् । यस्तो अवस्थामा प्रदेशका तीन दल ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेका छन् ।
२. कुवेतमाथि नेपालको सहज जित
नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोटमा कुवेतमाथि सहज जित निकालेको छ ।
२. देउवाको रणनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । तर देउवा उक्त बैठक सञ्चालन गर्न स्वास्थ्यले कति साथ दिन्छ, त्यस आधारमा मात्रै आगामी रणनीति तय गर्ने मनस्थितिमा रहेका छन् ।
४. पक्राउ गर्ने योजना
गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङबिच विवाद बढेको विषय सतहमा आएको छ । उनीहरूबिच जेनजी आन्दोलनका क्रममा भएको दमनमा नैतिक जिम्मेवार रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने सवालमा मतभेद चर्किएको स्रोत बताउँछ ।
५. अन्तरिम सरकारको गति
अहिलेको सरकार जेनजी आन्दोलनको सफलताबाट निर्माण भएको जगमा टेकेर गठन भएको हो । जेनजी समूहकै सिफारिसमा प्रधानमन्त्रीको जिम्मेवारी सुशीला कार्कीलाई दिइएको हो । सरकार गठनको पृष्ठभूमि जेसूकै भए पनि गठनकै समयमा यसको कार्यादेश र जिम्मेवारी प्रस्ट किटान भइसकेको छ । त्यसैले उक्त जिम्मेवारी पूरा हुने र नहुने विषयले नै यो सरकारको सफलता र असफलता मापन हुन्छ ।
६. टुक्रे आयोजना रोक्का
सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका करिब १३ सयभन्दा बढी टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेको एक महिना पूरा भएको छ । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च कटौती, आर्थिक अवस्थामा सुधार ल्याउने र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा स्रोत जुटाउने लक्ष्यसहित १३ सयभन्दा बढी टुक्रे आयोजना खारेज गर्ने निर्णय गरेको थियो ।
७. जेनजी आन्दोलनको प्रभाव
शुक्रबार नेपाल पर्यटन बोर्डले तथ्यांक सार्वजनिक गर्दै सेप्टेम्बरमा नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य कमी आएको उल्लेख गर्यो । यो वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भित्रिएका बोर्डको तथ्यांक छ ।
८. यथास्थितिवादी सोच
भदौ २३ र २४ गते भ्रष्टाचार तथा बेथिति विरुद्ध जेनजीले गरेको विद्रोहका कारण सत्ता गुमाएका पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले अझै पनि परिवर्तन स्वीकार गर्ने पक्षमा देखिएका छैनन् । बरु जेनजी विद्रोहलाई षड्यन्त्रको रूपमा व्यख्या गर्दै उनीहरू आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्ने पक्षमा उत्रिएका छन् ।
९. भ्रष्टाचार मुद्दा
पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
१०. विपिन जोशी बन्धक बनेको भिडियो क्लिप सार्वजनिक
गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप सार्वजनिक भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गरेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो ।
११. मनिटरी कोलोनिजमको रणनीति ?
अक्टोबर २ तारिखका दिन भारतको केन्द्रीय बैंकको रूपमा रहेको भारतीय रिजर्भ बैंक (आरबीआई)ले मौद्रिक नीतिमार्फत एउटा महत्त्वपूर्ण व्यवस्थाबारे नीतिगत निर्णय गर्यो । यो निर्णय अनुसार अब श्रीलंका, नेपाल र भुटानमा रहेका व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानले भारतीय बैंकबाट भारतीय मुद्रामै ऋण लिन सक्नेछन् ।
१२. थरीथरीका जेनजी
भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलित जेनजी समूहभित्र अहिलेको परिस्थितिबाट देशलाई निकास दिने रोडम्यापबारे मतैक्यता देखिएको छैन । आन्दोलन सफल भएर अन्तरिम सरकार गठन र प्रतिनिधि सभा निर्वाचनको घोषणा भइसकेको अवस्थामा जेनजीभित्र विभिन्न समूह फरक–फरक रोडम्यापसहित अघि बढ्न खोजेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण