कुवेतमाथि नेपालको सहज जित
सारांश
- नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप एसिया छनोटमा कुवेतलाई ५८ रनले पराजित गर्यो।
- कुवेतले १४२ रनको लक्ष्य पछ्याउँदै ८३ रन मात्र बनायो, जसमा किलिन्टो अन्टोले २६ रन बनाए।
- नेपालका लागि कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय पारी खेले, भने सन्दीप लामिछानेले २ विकेट लिए।
काठमाडौँ । नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोटमा कुवेतमाथि सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
अल इमिरेट्स क्रिकेट मैदानमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेतले १८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८३ रन बनायो ।
कुवेतका लागि किलिन्टो अन्टोले सर्वाधिक २६ रनको योगदान गरे । त्यस्तै यसिन पटेलले १९ रन बनाउँदा मिट भारभर्सले ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने, ललित नारायण राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट लिए
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय पारी खेले । ५६ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्र सिंह ऐरीले र गुलशन झाले समान २०–२० रन बनाउँदा रोहित पौडेलले १६ रनको योगदान गरे । नेपालका लागि सन्दीप जोराले ५, कुशल मल्ल ४ र आसिफ शेखले २ रन जोडे ।
बलिङतर्फ कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्थामराले दुई–दुई विकेट लिए । त्यस्तै मोहम्द आक्विफ फारुख र मोहम्द अश्लामले एक–एक विकेट लिए ।
आजको जितसँगै नेपालले समूह चरणमा एक खेलबाट २ अङ्क जोड्दै सुपर सिक्समा स्थान बनाउनका लागि आफूलाई बलियो बनाएको छ । यता पराजित कुवेतले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण