पूर्वमन्त्री अधिकारीसहित तीन जनाको विषयमा थप अनुसन्धान हुने
सारांश
- अख्तियारले पोखराको लिचिबारी जग्गा प्रकरणमा पूर्वमन्त्री बलराम अधिकारीसहित तीन जनामाथि थप अनुसन्धान गर्ने निर्णय गरेको छ।
- तत्कालीन मन्त्री अधिकारीले ३२ लाख घुस लिएको र सचिवले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा छानबिन हुनेछ।
- मालपोत कार्यालयका कर्मचारी र पूर्वमन्त्री रन्जिता श्रेष्ठमाथि पनि घुस लिएको आरोपमा अनुसन्धान हुनेछ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचिबारी जग्गा प्रकरणमा पूर्वमन्त्री बलराम अधिकारीसहित तीन जनालाई थप अनुसन्धान गर्ने निर्णय गरेको छ । आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तत्कालीन मन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको विषयमा थप अनुसन्धान गर्ने भनेको छ ।
त्यस्तै अडियो–भिडियोमा भएको संवादअनुसार सुजनकुमार तामाङसँग तत्कालीन मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ र तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेल (हाल अवकाश प्राप्त) ले ५ लाख रुपैयाँसहित वन कुखुरा र रक्सी लिएको विषयमा थप अनुसन्धान गर्ने भनेको छ ।
त्यस्तै (अडियो नं. ६) मा भएको संवाद अनुसार मालपोत कार्यालय कास्कीका नायब सुब्बा दीपक सुवेदीले ७० लाख खर्च गरी चिरञ्जीवी पौडेललाई मालपोत कार्यालय कास्कीमा ल्याएको र मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रहेका पौडेलले सेवाग्राहीसँग ४ पटक हवाई टिकट किन्न लगाएको विषयमा छुट्टै मिसिल खडा गरी अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान गर्ने निर्णय गरेको जनाएको छ ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व मन्त्री रन्जिता श्रेष्ठ समेतले ११ लाख घुस लिँदा यामकुमारी गुरुङको नाममा गरिमा विकास बैङ्कमा खोलिएको खातामा २०८१ माघ २९ गते प्रहरी सहायक निरीक्षकले जम्मा गरेको रकमको विषयमा पनि अनुसन्धान गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण