विपिन जोशी बन्धक बनेको भिडियो क्लिप सार्वजनिक
सारांश
- गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो क्लिप सार्वजनिक भएको छ।
- जोशीलाई २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि अपहरण गरी गाजामा लगिएको थियो।
- परिवारले बन्धक बनाइएका बेला खिचिएको भिडियोको अंश सार्वजनिक गरेको छ।
काठमाडौँ । गाजामा बन्धक रहेको अनुमान गरिएका नेपाली विद्यार्थी विपिन जोशीको बन्धक बनेको भिडियो क्लिप सार्वजनिक भएको छ । जोशीको परिवारले २०२३ को अन्त्यतिर बन्धकमा रहेका बेला खिचिएको उनको भिडियोको एक अंश सार्वजनिक गरेको हो। बन्धक बनेका परिवारको सदस्य रहेको ‘होस्टेज फ्यामेली फोरम’ ले उक्त जानकारी गराएको हो ।
जुन भिडियो अक्टोबर ७, २०२३ मा किबुट्ज अलुमिममा भएको आक्रमणमा अपहरण भएको केही समयपछि खिचिएको थियो। इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।
उनको अपहरण पछि केही सातापछि खिचिएको भिडियोबाट लिइएको स्थिर तस्बिर आज सार्वजनिक भएको थियो । उक्त तस्बिर इजरायली सेनाले उपलब्ध गराएको भिडियोबाट लिइएको हो । ३३ सेकेन्ड लामो उक्त भिडियो क्लिप केहीबेरअघि सार्वजनिक गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण