मूल्य बढेपछि बजारमा देखिन थाल्यो सुनको अभाव
सारांश
- बजारमा सुनको अभाव देखिएको छ किनभने मूल्य बढ्दै गएको छ र माग बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, दैनिक सुन आयातको कोटाले अभाव सिर्जना गरेको छ।
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ, तर राजनीतिक परिदृश्यमा सुधार आएमा मूल्य घट्न सक्छ।
काठमाडौँ । मूल्य दिनप्रतिदिन आकासिँदै गर्दा बजारमा सुनको अभाव देखिन थालेको छ । मूल्य बढ्ने आशाले बजारमा माग बढ्न थालेपछि सुनको अभाव सुरु भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष मणिकत्न शाक्यका अनुसार अहिले बजारमा सुन र चाँदी दुवैको अभाव छ । माग बढेको र आयातको परिमाणमा कोटा निर्धारण गरिएका कारण अभावको अवस्था सिर्जना भएको उनको भनाइ छ ।
‘अहिले दैनिक २० किलो भन्दा सुन ल्याउन पाइँदैन, तर बजारमा माग धेरै छ । मूल्य बढेपछि सुन बेच्नेको सङ्ख्या पनि घट्यो,’ शाक्य भन्छन्- ‘अहिले अभावको अवस्था देखिन्छ ।’
सुनको मूल्य दिन प्रतिदिन बढ्दै जाँदा लगानी प्रयोजनकै लागि सुनको माग हुने क्रम बढेको छ । विवाहको सिजन सुरु हुँदै गर्दा त्यसका लागि समेत अहिल्यै सुन किन्न थालेको देखिन्छ ।
त्यसो त मूल्य बढ्न थालेपछि व्यवसायीले समेत सुनको होल्ड गर्न थालेको बताइन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ हजार डलर प्रतिऔंस नाघिसकेको छ । विश्वभरको राजनीति तरल बन्दै जाँदा सुरक्षित लगानीको साधन मानिने सुनमा लगानी बढेको हो ।
सोही कारण अन्तर्राष्ट्रिय बजारमा समेत यसको भाउ बढ्दै गएको छ । पूर्वअध्यक्ष शाक्य यो अवस्थामा मूल्य कहाँ पुग्छ भन्न सक्ने अवस्था नै नरहेको बताउँछन् ।
‘सुनमा ४ हजारको टार्गेट थियो, त्यो पूरा भयो, अब कहाँसम्म पुग्ने हो थाहा छैन,’ उनी भन्छन्- ‘राजनीतिक परिदृश्यमा सुधार आएमा मूल्य घट्न पनि सक्छ ।’
नेपालमा जेनजी आन्दोलन चल्दै गर्दा विश्वका विभिन्न देशमा समेत सरकारविरुद्ध प्रदर्शन चलिरहेको छ । फ्रान्समा नवनियुक्त प्रधानमन्त्रीले एकमहिना पनि नपुग्दै मङ्गलवार राजीनामा दिएको अवस्था छ ।
त्यसो त इजरायल-गाजा, युक्रेन-रुस युद्ध लगायतको कारणले पनि सुनको भाउ आकासिँदै गएको थियो । अहिले यी युद्ध रोक्ने प्रयास भएको छ । यी प्रयासले सार्थकता पाएमा मूल्य घट्न सक्ने विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण