आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

तनहुँका स्थानीय तहद्वारा १५ किलोमिटर सडक कालोपत्र

बिहीबार, २३ असोज २०८२, १० : ५०
बिहीबार, २३ असोज २०८२

सारांश

  • तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गरेका छन्।
  • ६ वटा गाउँपालिकाले ३८.५५ किलोमिटर नयाँ सडक ट्र्याक खोलेका छन्।
  • विभिन्न गाउँपालिकाहरूमा ग्राभेल, ट्र्याक खोल्ने र पुल निर्माणको काम पनि भएको छ।

तनहुँ  ।  जिल्लाका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्र्याक खोलेका छन् । 

म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै दुई दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्र्याक खोलिएको छ भने तीन दशमलव एक किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा चार पक्की पुल निर्माण गरिएको अधिकारीले बताए । 

व्यास नगरपालिकामा नौ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार पाँच दशमलव दुई किलोमिटर ग्राभेल, तीन दशमलव ९४ किलोमिटर कालोपत्र गरिएको छ एउटा पक्की पुल निर्माण गरिएको छ ।

ऋषिङ गाउँपालिकामा पाँच किलोमिटर सडकको ट्र्याक खोल्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईले जानकारी दिए । उनका अनुसार १२ किलोमिटर सडक ग्राभेल गरिएको छ भने एक किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै एउटा पक्की पुल निर्माण भएको उनले बताए ।

बन्दीपुर गाउँपालिकामा १८ किलोमिटर सडकको ट्र्याक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले जानकारी दिए । तेह्र किलोमिटर सडक ‘ग्राभेल’ गरिएको बन्दीपुरमा चार किलोमिटर सडक कालोपत्र गरिएको उनले बताए ।

घिरिङ गाउँपालिकामा एक दशमलव दुई किलोमिटर सडकको ट्र्याक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुई दशमलव पाँच किलोमिटर सडकको ग्राभेल गरिएको छ भने एक किलोमिटर सडक कालोपत्रे गरिएको छ । 

आँबुखैरेनी गाउँपालिकामा चार दशमलव ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ भने दुई दशमलव आठ किलोमिटर ट्र्याक खोलिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप