शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
नेप्से

सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

बिहीबार, २३ असोज २०८२, ११ : ३०
बिहीबार, २३ असोज २०८२

काठमाडौँ। कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो ।  ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

११ ः ०३ बजेसम्म नेप्से परिसूचक १०२ अङ्क बढेर २६६२ अङ्कमा कायम भएको छ ।  १०२ अङ्क बढेर २६६२ अङ्कमा पुग्दा सेयर कारोबार भने २७ करोड ५६ लाख रुपैयाँको खरिदबिक्री भएको छ ।

बुधबार नेपाल राष्ट्र बैङ्कले सेयर कर्जामा २५ करोडको सीमा हटाएसँगै बजारमा उच्च वृद्धि देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप