यातायात विभागको सर्कुलर : अत्यावश्यक सेवाहरूमा सहजीकरणका लागि प्रदेशहरूलाई निर्देशन
काठमाडौँ । भाद्र २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा तोडफोड र आगजनी भएपछि विभागको सबै प्रमुख प्रणाली पूर्ण रूपमा ध्वस्त बनेको छ ।
विभागले शुक्रबार जारी गरेको सर्कुलरमा प्रदर्शनका कारण भौतिक संरचना, विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणालीपूर्ण रूपमा नष्ट भएका कारण हाल विभागबाट प्रदान हुँदै आएका सबै सेवाहरू अवरुद्ध भएको उल्लेख छ ।
महानिर्देशक राजिव पोखरेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ’विभागले प्रणालीहरू पुनःस्थापना गरी सेवा प्रवाहलाई सुचारु गर्ने कार्य तीव्र गतिमा अगाडि बढाइरहेको छ, तर प्रणाली अवरुद्ध हुँदा सेवाग्राहीहरूलाई असहजता भएको छ ।’
संविधान र कार्य विस्तृतीकरण प्रतिवेदन २०७५ अनुसार सवारी चालक अनुमतिपत्र वितरण र सवारी दर्ता सम्बन्धी कार्य प्रदेश सरकारको जिम्मेवारीमा रहेको उल्लेख गर्दै विभागले सबै प्रदेशका सम्बन्धित मन्त्रालयहरूलाई सहजीकरणका लागि अनुरोध गरेको छ ।
पत्रमा भनिएको छ, ’विभागको प्रणाली सञ्चालनमा नआएसम्मका लागि कार्यालयमा रहेको मौजुदा रेकर्ड वा सम्बन्धित व्यक्तिको कागजातको आधारमा सम्भव भएसम्म अत्यावश्यक सेवाहरूमा सहजीकरण र समन्वय गर्न अनुरोध गरिएको छ ।’
यस्तै, विभागले प्रदेश सरकारहरूलाई आफ्ना कानुनी अधिकारको दायरा भित्र रही सवारी चालक अनुमतिपत्र नवीकरण म्याद थप लगायतका कार्यहरूमा नीतिगत निर्णय लिएर सेवा प्रवाहलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।
विभागले केन्द्र र प्रदेशबिच समन्वय गरी नागरिकलाई आवश्यक सेवाबाट वञ्चित हुन नदिन जोड समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण