लुम्बिनी प्रदेशमा अझै ६९० कैदीबन्दी फरार
शुक्रबार, २४ असोज २०८२, १६ : ४१
सारांश
- भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा लुम्बिनी प्रदेशका ८७९ कैदीबन्दी पक्राउ परेका छन्।
- लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार, फरार १,५६९ मध्ये ८७९ जनालाई नियन्त्रणमा लिइएको छ।
- अझै ६९० जना फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बुटवल। गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा लुम्बिनी प्रदेशमा फरार रहेका ८७९ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी शारदा प्रसाद चौधरीले आज सो कुराको जानकारी दिएका हुन् ।
उनले एक महिनाको अवधिसम्म फरार रहेका १५६९ जनामध्ये ८७९ जनालाई नियन्त्रणमा लिइएको रातोपाटीलाई जानकारी दिए ।
उनले अझै ६९० जना फरार रहेको समेत बताए । भदौ २४ गते नवलपरासी, कपिलवस्तु, दाङ र बाँके जिल्लाबाट कैदीबन्दीहरु फरार रहेका थिए । चौधरीले भागेका कैदीबन्दीहरुको खोजी कार्य भइरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण