जापानमाथि नेपालको सहज जित
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानमाथि जित निकाल्दै आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा दुई अङ्क जोडेको छ ।
शुक्रबार भएको खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको हो ।अल इमिरेट्स क्रिकेट मैदानमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि आफिस शेखले सर्वाधिक ३८ रनको योगदान गरे । २१ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै गुलशन झाले २८ रन बनाउँदा कुशल भुर्तेल २१ रनको योगदान गरे ।
नेपालका कप्तान रोहित पौडेलले १८ रन र दिपेन्द्र सिंह ऐरीले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
जापानका लागि शोमा स्लेटरले दुई विकेट लिए । त्यस्तै रेओ साकुरानो–थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकी एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।
जापानका लागि केन्डेल काडोवाकी–फ्लेमिङले ६० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहा गरे । त्यस्तै ईसम रहमानले ३१ रन बनाउँदा बेन्जामिन इल्टो डेभिसले १७ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछाने र गुलशन झाले दुई–दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवको नाममा एक–एक विकेट रह्यो ।
आजको जितसँगै नेपालले सुपर सिक्समा एक खेलबाट २ अङ्क जोडेको छ । नेपाल सुपर सिक्समा अङ्क जोड्ने पहिलो टिम पनि बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण