अपडेट
प्रचण्डको सचिवालयले दियो देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी
सोमबार, २७ असोज २०८२, ११ : २२
सारांश
- पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदी विरुद्ध प्रचण्डको सचिवालयले साइबर ब्युरोमा उजुरी दिएको छ।
- सुवेदीले प्रचण्डको निवासबाट दुई करोड रुपैयाँ लुकाइएको आरोप लगाएका थिए।
- प्रचण्डको सचिवालयले सुवेदीले गलत प्रचार गरेको र चरित्रहत्या गरेको आरोप लगाएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ ।
केही दिनअघि सुवेदीले एक अन्तर्वार्तामा घर जलाइनु भन्दा दुई दिन पहिले नै प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको आरोप लगाएका थिए ।
सुवेदीले गलत र तथ्यहीन प्रचार गरेर भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या गरेको भन्दै प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले उजुरी दिएको बताइएको छ ।
संयोजकको सचिवालयका तर्फबाट आइतबार ब्युरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण