शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनए वेस्टर्न अस्ट्रेलियाद्वारा नेपाली टेबलटेनिस टोली सम्मानित

सोमबार, २७ असोज २०८२, १६ : ३३
सोमबार, २७ असोज २०८२

सारांश

  • एनआरएनए वेस्टर्न अस्ट्रेलियाले डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी नेपाली टेबलटेनिस टोलीलाई सम्मान गर्यो।
  • सम्मानित हुने खेलाडीहरूमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य रहेका छन्।
  • नेपाली टोली थाइल्यान्डमा हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुन जानेछ।

पर्थ । गैरआवासीय नेपाली संघ (एनआरएनए) वेस्टर्न अस्ट्रेलियाले डब्लुटीटी युथ कन्टेन्डर प्रतियोगितामा सहभागी नेपाली टेबलटेनिस टोलीलाई सम्मान गरेको छ।  अक्टोबर ८ देखि ११ तारिखसम्म अस्ट्रेलियाको पर्थमा भएको प्रतियोगितामा सहभागी खेलाडीसहित ५ सदस्यीय टोली सम्मानित भएको हो।

सम्मानित हुने खेलाडीहरूमा आर्यन शाही, प्राज्ना महर्जन र सुरम्या शाक्य, प्रशिक्षक राकेश महर्जन तथा टोली व्यवस्थापक अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन छन्।

एनआरएनए वेस्टर्न अस्ट्रेलियाका स्टेट को–ओर्डिनेटर हरिवंश सन्जेल र अध्यक्ष नवीन भण्डारी लगायतले एक कार्यक्रमबिच उनीहरूलाई सम्मान गरेका हुन्। नेपाली टोली पर्थबाट अक्टोबर १४ देखि १८ तारिखसम्म थाइल्यान्डमा हुने टेबलटेनिस प्रशिक्षण शिविरमा सहभागी हुन जाने कार्यक्रम रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप