हमासद्वारा दुई बन्दीको शव रेडक्रसलाई हस्तान्तरण : इजरायली सेना
सोमबार, २७ असोज २०८२, २१ : ०६
गाजा । हमासले गाजामा अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) लाई दुई मृत बन्दीहरूको शव हस्तान्तरण गरेको इजरायली सेनाले जानकारी दिएको छ ।
सेनाले एक विज्ञप्ति जारी गर्दै ती शवहरू अहिले गाजामा रहेका आईडीएफ र शिन बेट सुरक्षा बलहरूतर्फ लगिँदै गरेको बताएको छ । सेनाका अनुसार यी दुई शव हस्तान्तरण गरिएपछि थप दुई बन्दीका शव पनि हस्तान्तरण गरिनेछ ।
आईडीएफले मृतक बन्दीहरूको नाम भने खुलाएको छैन। यसअघि हमासले आज इजरायललाई फिर्ता गरिने भन्दै चार जना बन्दीको नाम सार्वजनिक गरेको थियो। यसमा नेपालका विपिन जोशीको नाम पनि समावेश छ ।
यद्यपि, हमास वा रेड क्रस दुवैले अहिलेसम्म यो हस्तान्तरणको पुष्टि गरिसकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण