धितोपत्र बोर्डको सेवा प्रवाह ठप्प भएकोमा मर्चेन्ट बैंकर्स सङ्घको ध्यानाकर्षण
सारांश
- शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
- मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले खड्कालाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको हो।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा उत्पन्न वर्तमान परिस्थितिका कारण सेवा प्रवाह ठप्प भएपछि मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (एमब्यान) ले गम्भीर ध्यानाकर्षण गराएको छ ।
बोर्डका कर्मचारीहरू तीन हप्तादेखि आन्दोलनरत रहेकाले सम्पूर्ण वित्तीय बजार प्रभावित भएको भन्दै एमब्यानले यथाशीघ्र समाधानको माग गरेको हो ।
एमब्यानले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा कर्मचारी आन्दोलनका कारण मर्चेन्ट बैंकहरुले नियमित रूपमा बोर्डमा बुझाउनु पर्ने विवरण/कागजात बुझाउन नसकेको तथा धितोपत्रको सार्वजनिक निष्काशन (आईपीओ/एफपीओ) सँग सम्बन्धित कार्यहरू लगायत धितोपत्र बोर्डबाट प्रवाह हुने सम्पूर्ण कार्यहरू ठप्प भएकोले अन्योलको स्थिति सिर्जना गरेको जनाएको छ ।
देशको वर्तमान परिस्थितिमा पूँजी बजारको सर्वोच्च नियामक निकायमा यस प्रकारको अन्योलको स्थिति सिर्जना हुनु र सम्बन्धित निकायबाट हालसम्म उचित सम्बोधन नहुँदा थप असहजता आएको एमब्यानले उल्लेख गरेको छ ।
यसले धितोपत्र बोर्ड मातहतका सम्पूर्ण सङ्गठित संस्था, सूचीकृत कम्पनीहरू तथा पूँजी बजारका अन्य सहभागीहरूको नियमन र सुपरिवेक्षणमा बाधा पुगेको र पूँजी बजार सुधार कार्यदलका सुझाव कार्यान्वयनमा समेत समस्या आएको सङ्घको ठहर गरेको छ। एमब्यानका अनुसार, सेवा प्रवाह ठप्प हुँदा पूँजी बजारको सञ्चालन, स्थायित्व तथा दोस्रो बजारप्रति लगानीकर्ताको मनोबल घट्न गएको समेत सङ्घको भनाइ छ ।
सङ्घले धितोपत्र नियामक निकायहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठनको सिद्धान्तअनुसार नियामक निकायको स्वायत्तता, संस्थागत निरन्तरता र स्थायित्व कायम रहनुपर्नेमा जोड दिएको छ ।
सङ्घले नेपाल धितोपत्र बोर्डको स्वायत्तता र पूँजी बजारको स्थायित्वलाई मध्यनजर गर्दै आन्दोलनरत कर्मचारीहरूसँग सकारात्मक संवाद र सहमतिको माध्यमबाट हालको अन्योलजन्य परिस्थितिको यथाशीघ्र समाधान गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण