अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
सारांश
- चालु आर्थिक वर्ष २०८२/८३ मा राजश्व संकलन अघिल्लो वर्षको तुलनामा बढेको छ ।
- चालु आर्थिक वर्षमा कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्यमा असार २६ गतेसम्म १२ खर्ब १८ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ ।
- चालु आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्ति गत वर्षको तुलनामा बढेको छ ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा राजश्व संकलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष सकिनु अगाडि असार २६ गतेसम्मको राजश्व संकलन वृद्धि भएको देखिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को असार २६ गतेसम्ममा लक्षको ७७.१५ प्रतिशत राजश्व संकलन भएको यो वर्ष भने राजश्व संकलन वृद्धि भएर करिब ८० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्वको लक्ष्य लिएकोमा असार २६ सम्ममा ११ खर्ब ३५ अर्ब ३० करोड ३१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
चालु आर्थिक वर्षमा भने कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा असार २६ गतेसम्म (शुक्रबार) १२ खर्ब १८ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ संकलन भएको छ । जुन लक्षको ७९.४९ प्रतिशत हो ।
कर राजश्वकाे प्रगति करिब बराबर, गैर–कर भने घट्यो
सरकारको मुख्य स्रोत मानिने राजश्व संकलन लगभग बराबर जस्तो देखिएको छ भने गैर–कर घटेको छ । गत आर्थिक वर्षमा राजश्व संकलनतर्फ कुल १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको लक्ष राखेकोमा समीक्षा अवधिमा ११ खर्ब ५ अर्ब ७७ करोड ४९ लाख रुपैयाँ मात्र संकलन भएको देखिएको छ । जुन लक्षको ७७.९१ प्रतिशत हो ।
चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा भने यो वृद्धि देखिएको छ । चालु आवमा सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको सरकारले हालसम्म ११ खर्ब ८१ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ (७९.८४ प्रतिशत) संकलन गरेको छ ।
जसमध्ये, जनता र व्यवसायबाट उठाइने कर राजश्वतर्फ सर्वाधिक कर भने लगभग बराबर जस्तो देखिएको छ । चालु आवको समीक्षा अवधिमा यस्तो कर ८०.६ प्रतिशत रहेको छ । १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ लक्ष्य रहेकोमा हालसम्म १० खर्ब ६८ अर्ब ३६ करोड २४ लाख रुपैयाँ चालु आ.व.मा संकलन भइसकेको परीक्षकको कार्यालयले जनाएको छ ।
यस्तो कर गत आवमा समेत ७७.९९ प्रतिशत संकलन भएको कार्यालयले जनाएको छ । यस्तै, चालु आ.व.मा सेवा शुल्क र जरिवाना लगायतका गैर–कर राजश्वतर्फ भने लक्ष्यको ७३.३५ प्रतिशत मात्रै उठेको छ । गैर–कर राजश्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँको लक्ष रहेकोमा १ खर्ब १३ अर्ब २६ करोड ५२ लाख रुपैयाँ मात्र संकलन भएको छ । यो गत आवको तुलनामा भने कम हो ।
गैर–कर राजश्वको लक्ष १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपैयाँ रहेकोमा १ खर्ब ४ अर्ब २४ करोड ५० लाख रुपैयाँ संकलन भएको देखिएको छ । जुन प्रतिशतको हिसावले ७७.१७ प्रतिशत हो ।
वैदेशिक अनुदान लक्षको आधा हुँदा पनि गत वर्ष भन्दा बढी
चालु आवमा पनि वैदेशिक अनुदान प्राप्ति आधा मात्र हुँदा पनि गत वर्षको तुलनामा भने वृद्धि भएको देखिएको छ । गत आवमा लक्षको ४२.१९ प्रतिशत मात्र वैदेशिक अनुदान प्राप्ति गर्दा चालु आवमा भने ५५.८३ प्रतिशत प्राप्त गरेको देखिएको छ ।
चालु आर्थिक वर्षमा ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखेको सरकारले वर्षको अन्तिम महिना आइपुग्दासम्म जम्मा २९ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ मात्र पाएको कार्यालयले जनाएको छ । यो कुल लक्ष्यको जम्मा ५५.८३ प्रतिशत मात्रै हो ।
गत वर्ष कुल ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदानको लक्ष्य राखेकोमा २२ अर्ब ७ करोड ८७ लाख रुपैयाँ मात्र आएको थियो । जुन लक्ष्यकको जम्मा ४२.१९ प्रतिशत मात्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो
-
डीडीसीमा व्यापक अनियमितता भएको पूर्वअध्यक्ष डा.क्षेत्रीको दाबी, कृषि मन्त्रालय मुख्य जिम्मेवार
-
स्रोत संकलन र खर्चमा असन्तुलन कायमै
-
ललितपुरको पत्रकारिता इतिहास : स्थानीय सञ्चारको प्रामाणिक दस्ताबेज
-
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण