सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जसपा नेपाल लुम्बिनी प्रदेशको अधिवेशन कार्तिक २९ र ३० गते हुने

मङ्गलबार, २८ असोज २०८२, १५ : ५०
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते भैरहवामा हुने भएको छ।
  • पार्टीको प्रदेश कार्यकारिणी समितिको बैठकले अधिवेशन गर्ने निर्णय गरेको छ, जसको जानकारी राम अवतार यादवले दिए।
  • यसअघि भदौमा हुने भनिएको अधिवेशन जेनजी आन्दोलनका कारण स्थगित भएको थियो।

बुटवल। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश अधिवेशन आगामी कात्तिक २९ र ३० गते हुने भएको छ।

दाङमा सम्पन्न पार्टीको लुम्बिनी प्रदेश कार्यकारिणी समितिको बैठकले अधिवेशन रुपन्देहीको भैरहवामा गर्ने निर्णय गरेको प्रदेश कार्यवाहक अध्यक्ष राम अवतार यादवले रातोपाटीलाई जानकारी दिए।

यसअघि भदौ २५, २६ र २७ गते भैरहवामा हुने तय भएको अधिवेशन जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो।

बैठकले कार्तिक १५ गतेभित्र जिल्लाले प्रदेशमा क्रियाशील सदस्यहरूको नाम बुझाउनुपर्ने र कात्तिक १८ गतेभित्र प्रदेश अधिवेशन प्रतिनिधिहरूको नाम पेश गर्नुपर्ने समयसीमा तोकेको यादवले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप