मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेलअघि नाइजेरियाका कप्तानले बुवा अपहरणमा परेको थाहा पाए तरपनि खेले

बुधबार, २० असार २०७५, १२ : ५६
बुधबार, २० असार २०७५

नाइजेरियाका फुटबल समूहका कप्तान जोन ओबी माइकलले विश्वकपमा अर्जेन्टिनाविरुद्धको खेल हुनु केही घण्टा अघि बुवा अपहरणमा परेको थाहा पाएको खुलासा गरेका छन् । यसबारे तत्काल कसैलाई जानकारी नदिई आफूले खेल खेलेको उनले बताए । उक्त खेलमा नाइजेरिया अर्जेन्टिनासँग २–१ ले हार्यो ।

स्रोतका अनुसार जून २६ तारिखमा जोनका बुवा माइकल ओबीलाई उनका ड्राइभरले अपहरण गरेका थिए । जुलाई २ तारिखमा उनलाई पुलिसले अपहरणमुक्त गर्न सफल भयो । अहिले उनको अस्पतालमा उपचार भइरहेको स्रोतले बतायो । जोनका अनुसार देशमा अत्यधिक असुरक्षाको माहौल भएकाले मानिसहरुमा चिन्ताको स्थिती  छ ।

यो कुनै झट्काभन्दा कम थिएनः

जोनका अनुसार खेल सुरु हुनु चार घण्टाअघि उनलाई बुवा अपहरणमा परेको थाहा भयो । उनले भने, ‘म पूर्ण रुपमा विक्षिप्त थिएँ । म खेल खेल्ने कि नखेल्ने भन्ने द्वीधामा थिएँ । तर अन्त्यमा मैले १८ करोड नाइजेरियाली जनताको आशा तोड्न सकिनँ । मैले सोच्न बन्द गरें र देशलाई अग्रस्थानमा राखें । बुवा अपहरण भएको सूचना मैले कोच वा कुनै साथी खेलाडीलाई समेत भनिनँ । मेरो तनावले टीमको अरु सदस्यलाई पनि असर पारोस् भन्ने चाहन्नँ । ’

उनले थपे, ‘मैले घटनाबारे कसैलाई भनें भने अपहरणकारीले मेरो बुवाको हत्या गरिदिने धम्की दिएका थिएँ ।’

बुवा अपहरणमुक्त भएकोमा उनले भगवानलाई धन्यवाद दिएका छन् । उनले भने, ‘म पुलिसलाई पनि धन्यवाद दिन चाहन्छु जसको प्रयासले मेरो बुवा परिवारसँग भेट्न पाए ।’

यस्तो जसलाई पनि हुनसक्छः

सात वर्षमा दोस्रो पटक जोनका बुवा अपहरणमा परेका हुन् । जोन भन्छन्, ‘दोस्रो पटक अपहरणमा पर्दा मलाई बुवा गुमाउने डर लाग्यो । नाइजेरियामा तपाईंको के हैसियत छ, त्यसले केही महत्व राख्दैन । हरेक व्यक्तिले सुरक्षित स्थानमा बस्न पाउने अधिकार छ । आज यस्तो घटना मेरो बुवासँग भयो, भोली अर्को व्यक्तिलाई होला, यो जसलाई पनि हुनसक्छ ।’

चेल्सीका मिडफिल्डर जोन अहिले चीनियाँ क्लब तियानजिन तेदाका लागि खेल्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप