काठमाडौँमा आजदेखि राहदानी आवेदन सेवा सुरु
सारांश
- काठमाडौंमा राहदानी आवेदन सेवा जेनजी प्रदर्शनपछि स्थगित भएको थियो, जुन आजदेखि सुरु हुने भएको छ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबारदेखि राहदानी आवेदन सेवा सुरु गर्ने सूचना जारी गरेको छ।
- सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार, सेवा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा उपलब्ध हुनेछ।
काठमाडौँ । काठमाडौँमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा आजदेखि सुरु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा बुधबारदेखि सुरु गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्ट मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए।
जिप्रका काठमाडौँले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ । राहदानीसम्बन्धी अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएकोवसमा समयमा उपस्थित भई सहयोग गरीदिन समेत काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण