बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
खेलकुद

विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल

नेपाली टोलीको दुई ‘म्याजिक मोमेन्ट’
बुधबार, २९ असोज २०८२, ०७ : २७
बुधबार, २९ असोज २०८२

सारांश

  • आज नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्समा ओमानसँग प्रतिस्पर्धा गर्दैछ र जितले विश्वकपमा छनोट हुनेछ।
  • नेपालले यूएई र कतारलाई सुपर सिक्समा हराइसकेको छ, र खेल अन्तिम ओभरसम्म रोमाञ्चक बनेको थियो।
  • सुपर सिक्सका शीर्ष तीन टोलीले २०२६ को टी२० विश्वकप खेल्नेछन्, जसमा नेपाल पनि समावेश छ।

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलमा जित निकाले नेपाल टी-२० विश्वकपमा छनोट हुनेछ ।

खेल सोमबार राति ८ः४५ बजे सुरु हुनेछ। सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।

सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी२० विश्वकप खेल्नेछन्।

नेपालले खेलेका चारमध्ये दुई खेल अन्तिम ओभरमा सकिएको छ । यूएई र कतारविरुद्धको सुपर सिक्सको खेल अन्तिम ओभरसम्म पुगेको थियो । नेपाली क्रिकेटका लागि भने यो रोचक कुरा हो । नेपालविरुद्ध यूएईले १४१ रनको लक्ष्य पछ्याउँदा अन्तिम ओभरको अन्तिम बलसम्म जित्न सक्ने अवस्था थियो । 

तर, नेपालका दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभर बलिङ गर्न आउँदा यूएईलाई १० रन आवश्यक थियो । यूएईका प्राशरले अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दा अन्तिम ओभरको तीन बलमा यूएईलाई नेपाल रोक्न सफल भयो । 

दीपेन्द्रले अन्तिम ओभरको चौथो बलमा विकेट लिन सफल भए । त्यस्तै पाँचौँ र छैटौँ बलमा पनि नेपालले विकेट लिँदै खेल आफ्नो पक्षमा बनायो । 

त्यसपछि सुपर सिक्सको दोस्रो खेलमा पनि नेपालले अन्तिम ओभरमा जित निकाल्न सफल भयो । 

nepal 3

नेपालले कतारविरुद्ध अन्तिम ओभरमा जित निकाल्दा सन्दीप लामिछानेले बलिङ गरेका थिए । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउँदा कतारले अन्तिम ओभरमा १० रन बनाउनु पर्ने थियो । 

तर, सन्दीपले खेललाई आफ्नो पक्षमा फर्काउँदै अन्तिम ओभरको दुई बल डट बल फाले । त्यस्तै तेस्रो ओभरमा विकेट लिँदै कतारलाई झनै प्रेसरमा राख्न पुगे । 

चौथो बलमा सन्दीपले एक रन खाँदा पाँचौँ ओभरमा दुई रन खर्चे । कतारलाई अन्तिम ओभरको बलमा छक्का प्रहार गर्दा मात्र खेल सुपर ओभरमा पुग्ने अवस्था थियो । 

nepal4

अन्तिम ओभरमा सन्दीपको बललाई विकेट किपर आसिफ शेखले स्टम्पिङ गर्दा नेपालले ७ रनको जित हासिल गर्न पुग्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप