सडक डिभिजन कार्यालयका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । सडक डिभिजन कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन डिभिजनल इन्जिनियर (कार्यालय प्रमुख) रविन्द्रलाल दास, तत्कालीन इन्जिनियर शैलेन्द्र कुमार चौधरी र सब-इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय रब्बानी जेभी तथा उक्त जेभीको तर्फबाट अधिकारप्राप्त रब्बानी कन्सट्रक्सनका प्रोपराइटर जफिर कवारी विरुद्ध मुद्दा दायर गरेको हो ।
सिरहाको कल्याणपुर नगरपालिका वडा ५ चिकनास्थित प्रदेश सरकारको योजनामा सडक डिभिजन, लहानद्वारा निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान कार्य योजनामा भ्रष्टाचार गरेको आरोप छ ।
उनीहरूविरुद्ध जनही २ करोड ३४ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ २२ पैसा बिगो दाबी गर्दै मुद्दा दायर भएको सर्वोच्चका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
भ्रष्टाचार मुद्दा दायर भएका तत्कालीन डिभिजनल इन्जिनियर दासले रेल विभागको महानिर्देशकबाट हालै अवकाश पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण