कांग्रेस सभापति देउवाको घरबाट मूर्ति चोर्ने युवक पक्राउ
बुधबार, २९ असोज २०८२, १८ : ५७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरबाट बुद्ध मूर्ति चोरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भएका २९ वर्षीय विजय लामा छन् ।काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरेका लामाको डेराबाट प्रहरीले बुद्ध मूर्ति, गणेशको मूर्ति र शंख बरामद गरेको छ ।
उनले जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा बुढानीलकण्ठ स्थित देउवाको घरबाट सो सामान लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
आरोपीलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण