आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारको निषेधाज्ञा, प्रतिपक्षको अवज्ञा (फोटोफिचर)

बुधबार, २० असार २०७५, १५ : १४
बुधबार, २० असार २०७५

काठमाडौं-सरकार विरुद्ध सदन र सडकमा आक्रमक हुन थालेको विपक्षी काँग्रेसले आज माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको छ । 

आक्रोसित कांग्रेस कार्यकर्ता निषेधित क्षेत्र तोडेपछि प्रहरीले पनि लाठी चार्ज गरेको छ । 

काँग्रेसको भातृ संस्था नेविसंघले आजको प्रर्दशन गरेको हो । 

शान्तिपूर्ण रुपमा भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा  कांग्रेस संसदीय दलले आपत्ती प्रकट गर्दै सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए जनताको तर्फबाट नेपाली कांग्रेसले निषेधाज्ञा अवज्ञा समेत गर्ने निर्णय गरेको थियो । 

माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी थिए । 

प्रर्दशनलाई ध्यानमा राखेर ठूलो संख्यामा माइतीघर मण्डलामा प्रहरी परिचालित भएका थिए । 

निषेधाज्ञा अवज्ञा गर्ने काँग्रेसको निर्णय

प्रदर्शनकारीले ‘निषेधाज्ञा खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका थिए । 

सरकारले काठमाडौंको माइतीघरलगायत सार्वजनिक स्थलमा सभा र प्रदर्शन गर्न निषेध गर्दै त्यसका लागि निश्चित ७ ठाउँ तोकेको छ ।

यस विवेकशील साझा पार्टीले पनि मण्डलामा प्रर्दशन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । 

मण्डलालाई निषेधित क्षेत्र तोकेपछि सरकारको आलोचना भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप