सस्तो
सारांश
- पोखरा मालपोत कार्यालयमा भेटिएका एक पुरुष र महिला वकिलबीचको प्रेम सम्बन्धको कथा हो।
- पुरुषले महिलालाई पिकनिकमा अँगालो हालेर चुम्बन गरेपछि महिलाले अस्वीकार गरिन्, तर पछि उनीहरु नजिक हुन थाले।
- घान्द्रुक घुम्न जाँदा पहिरोमा खसेर महिलाको मृत्यु हुन्छ, तर पुरुष फर्कन्छ र घटना रहस्यमय बन्छ।
चिम्सा आँखा भएको त्यो मानिस परबाट हेर्दा भने अलिक कालो वर्णको देखिन्थ्यो । ऊ ठिक्कैको कदको थियो तर उसको भुँडी पुट्ट परेर बाहिर निस्किएको थियो । ठुलो मोहोरा भएको पेन्ट लगाउने र कुमदेखि नै हात हल्लाएर हिँड्ने ऊ आम मानिस जस्तै साधारण थियो । करिब एक दिन बिराएर ऊ पोखरा मालपोत कार्यालय धाउँथ्यो ।
त्यसै कार्यालयमा कृतिका र ऊ भेट भएका थिए । फरक स्थानको भिन्नै कार्यालय भए पनि उनीहरूको काम एउटै थियो वकालतको । दुवै मालपोतको आ–आफ्नो काम सकेर घर फर्किन्थे ।
धेरै पटकको भेट बिना मतलब सकियो । एकपटक भने त्यो मानिसको आँखामा कृतिका परी । च्वास्स कुनै बिझाउने कसिङ्गर पसेजस्तो उसको मुटु बिझाउने गरी पसी । केटो मनमनै आत्तिन थाल्यो । उसो त केटो अविवाहित पनि थिएन । तर उसको मन उडी त गयो चरो भएर कि नकचरो भएर ।
त्यो मानिसले कृतिकाको बाटो हेर्न थाल्यो । मालपोत आउने समय मिलाउन थाल्यो । कृतिकाले फाइल फिँजाउने टेबल हेर्न थाल्यो । त्यही टेबलमा आफ्ना पनि फाइल फिँजाउन थाल्यो । ऊ कृतिकाको नजिक हुन बोल्ने बहाना खोज्न थाल्यो । कृतिकाले थाहा नपाईकन दुई कप चिया मगाउन थाल्यो ।
कृतिकाले एक दिन भनी, ‘सर ! अबदेखि आ–आफ्नो चिया खाने है ।’ त्यो मानिस जिल्ल पर्यो । के भन्ने के नभन्ने भए पनि उसले सहज हुँदै ‘हुन्छ’ भन्यो । त्यो मानिसको मनले फेरि अर्को जुक्ति सुझायो । वकिलहरूको पिकनिक गर्यो भने त एक दिन भापनि कृतिकासँग सँगै हुन सक्छु । यसरी उसले निकालेको जुक्तिले त्यो दिन सार्थकता पनि पायो ।
पिकनिकको एक दिन अगाडि सम्पर्क गर्न सजिलो हुन्छ भने जानेहरू सबैले फोन नम्बर साटेका थिए । त्यो नम्बर सार्वजनिक भएपछि कृतिकाको इनबक्समा धेरै खाले लाइन नाच्दै आउन थाले ।
वकिलहरूको पिकनिक आयोजन भयो । दिउँसो पिकनिकको रसरौनकले रमरम भएपछि उसले धूपीको फेदमा कसो–कसो एकान्त पारेर कृतिकालाई भन्यो, ‘आइ मिस यु ।’ उसले पहिले कृतिकालाई अनुनयको नाममा नमस्ते गर्यो अनि एक्कासि उसको हात तानेर च्वाप्प म्वाइँ खायो ।
कृतिकाले हातमा चिप्लेकिरा टाँसिएको जस्तो चिसो अनुभूत गरी । कृतिका नसोचेको झमेलामा परी । त्यो मानिसले बोलेको वाक्यहरूले उसको झर्को अझै बढाए । केही घण्टाको पिकनिकको रमाइलो त्यत्तिकै नरमाइलो अनुभव बटुल्न काण्ड भयो ।
पिकनिकको एक दिन अगाडि सम्पर्क गर्न सजिलो हुन्छ भने जानेहरू सबैले फोन नम्बर साटेका थिए । त्यो नम्बर सार्वजनिक भएपछि कृतिकाको इनबक्समा धेरै खाले लाइन नाच्दै आउन थाले ।
‘मेरो यो माया बाह्र कक्षा पढ्नेहरूको जस्तो माया होइन । यो माया त हजुर खुम्री हुँदा पनि मैले गरिरहने माया हो । हजुर मरेर जाँदा पनि बूढी हुँदा पनि म माया गरिरहन्छु ।’
ऊ बरबराउँदै गयो– ‘मायामा के उमेर हुन्छ र ? म केही वर्ष सानो भएर के हुन्छ ? हामी दुवै परिपक्व भइसकेका छौँ । के यो यौनका लागि गरेको माया हो र ?
‘मायाको कुरा हो यो मेडम, शारीरिक आकर्षणको कुरा पनि त होइन । म सम्मान गर्न चाहन्छु हजुरलाई माया गरेर । म साथ चाहन्छु आत्माको कुरा गर्ने । मनको कुरा गर्न पनि त शेयर गर्ने मानिस चाहिन्छ । म त्यही आड मात्र चाहन्छु ।’
अनेक–अनेक वाक्यहरूले कृतिकाको दिमाग भरिएपछि ऊ एक दिन अदालत थर्किने गरी चिच्याई । ‘तिमी मेरो भाइ जस्तो हौ । म तिम्री दिदी जस्ती हुँ । तिम्रा घरमा कोही महिला छैनन् ? मलाई दिदी भन ।’
ऊ बरबराउँदै गयो– ‘मायामा के उमेर हुन्छ र ? म केही वर्ष सानो भएर के हुन्छ ? हामी दुवै परिपक्व भइसकेका छौँ । के यो यौनका लागि गरेको माया हो र ? यो शरीरको आकर्षणले गर्दा भएको माया होइन । यौनका लागि भएको होइन भने किन उमेर चाहियो ? त्यसका लागि त हाम्रा घरमा पार्टनरहरू छँदैछन् नि । यो त मायाको श्रद्धाका लागि हो । एक्लै बाँच्ने किन भनेर मन साट्नका लागि गरिने माया हो । अथवा हामी कुनै जन्ममा छुट्टिएका प्रेमीहरूको मिलन नै भएको हुन सक्छ । संसारका हजारौँ स्त्रीहरू छन् । उनीहरूमध्येमा हजुर नै किन पर्नुभो मेरा आँखामा ? यत्तिका वर्षपछि आएर हजुर नै किन बस्नुभो मेरो मनमा ?’ यस्ता अनेकन् प्रश्नहरू मालपोतका टेबलमाथि पनि बिछिए ।
म्यासेजहरू बारबार झर्न थाले । कृतिकालाई झर्को लाग्यो । एक दिन यो मानिसलाई के गरी पन्छाऊँ भन्ने भयो उसलाई । उसले शब्दहरू गालीले भरी तर कृतिकाको गाली खाएर पनि ऊ चुप लागेन र थेत्तरो भएर भन्यो, ‘गालीलाई पनि म माया मान्छु ।’
कृतिका लाचार भई त्यो मानिसको जिद्दीका अघि । एक दिन उसले सोची । कस्तो साथी बनाउने रैछ त यसले ? कृतिकाले एउटा सर्त राखी । ‘मेरो साथी बन्ने हो भने बिना लिङ्गको साथी बन्न सक्छौ त हामी ? हुन्छ भने म मान्छु साथी बन्न ।’
यो सुनेर उसले अनुहार कालो बनायो । भोलिपल्ट एउटा लामो कविता लेखेर कृतिकालाई दियो ।
‘बिना लिङ्गको ? कस्तो ?’, उसले छक्क पर्दै सोध्यो ।
कृतिकाले झोक्किएर भनी– ‘मलाई थाहा छैन र ? लोग्ने मान्छेले किन साथी खोज्छ ? दुईचार दिन माया गरेजस्तो गर्यो अन्तिममा त त्यही यौनको माग आउँछ । शायद तपाईँ पनि त्यही ड्याङको मूला हुनुहुन्छ ? यति पनि बुझ्न सक्दिन म ? मलाई शिशु हुँदाको जस्तो साथी चाहियो । त्यस बेला त केटा होस् कि केटी होस् केही फरक पर्दैन नि, लुगा लगाए पनि नलगाए पनि त्यस बेला कुनै महत्त्व हुन्न नि ? हो, त्यस्तै साथी !’
यो सुनेर उसले अनुहार कालो बनायो । भोलिपल्ट एउटा लामो कविता लेखेर कृतिकालाई दियो ।
तिमी आफूलाई त्यति सस्तो नठान
तिमी आफूलाई केवल बस्तु नठान
त्यति सस्तो छौ र तिमी ?
......।
किन–किन कविता पढेपछि कृतिकाको विरोध एकाएक शान्त भयो । उसलाई भित्र कताकता मायाको चाल परेझैं भयो । फेरि अर्को मनले सोची साथी बन्नेले त किन हात तानेर एक्कासि किस गरेको होला ? यस्ता अनेकन् द्विविधाले भरिए पनि ऊ त्यो मान्छेको नजिक हुन थाली । उनीहरू साँच्चि नै स्कुल कलेजका साथीजस्ता भए हरेक कुरा थाह हुने । केही महिनापछि त्यो मान्छेले कृतिकालाई घान्द्रुकतिर घुम्न जाने प्रस्ताव गर्यो ।
योजना मुताबिक उनीहरू घान्द्रुक हिँडेँ । पोखराको हरिचोकबाट हिँडेको जिपमा त्यो दिन अन्य कुनै यात्रु चढेनन् । उनीहरूले नै रिजर्भ गरेर लानुपर्ने सर्त गाडीले राखेपछि उनीहरू दुईजना मात्र यात्रु भए । आठ बजेतिर हिँडेको जिपले किलु पर्तिर झरेको पहिरोवारि नै छोड्ने भयो । बिचमा ठुलो पहिरो गएकाले यताको गाडी यतै र उताको गाडी उतै बसेर यात्रु ओसारपसार गर्दा रहेछन् ।
त्यो मानिसले स्थिर भएर उता पछाडि हेर्यो । उनीहरूलाई लिएर आएको जिप फर्केर पर पुगिसकेको थियो ।
उनीहरूलाई उता पहिरोपारिबाट अर्को जिप चढेर जानुपर्ने भयो । पहिरो तर्ने गोरेटो सानो थियो र ढुङ्गा गिट्टी तथा माटो थिचेर बनेको थियो । तर्दातर्दै यसो मोदिखोलातिर रमिता हेरिरहेकी कृतिकाको चप्पल अचानक एउटा तिखो ढुंगोमा ठेस खायो । उसको शरीर नियन्त्रणमा आएन । छेउमा हिँडिरहेको साथीले पनि केही पत्तो पाएन ।
झिमिक्क आँखा के भएथ्यो कृतिका पहिरोमुनि तल खसी । तल हेर्दा खोलाको ओडारमात्र देखिन्थ्यो । घाँसका पत्रभित्र केही नदेखिने गरी ऊ झरिसकेकी थिई । क्षणभरमा ऊ त्यहीँको सुस्केरामा विलीन भई ।
त्यो मानिसले स्थिर भएर उता पछाडि हेर्यो । उनीहरूलाई लिएर आएको जिप फर्केर पर पुगिसकेको थियो । अगाडि बसेको जिप अलिक पर नै थियो । कृतिका खसेको कसैले पनि देखेन । ऊ फनक्क फर्कियो जिप आएतिर । पोखरातिर । भुईँमा हेरेर पाखुरा कुमदेखि हल्लाउँदै ऊ केही नभए जसरी हिँड्दै हिँड्दै फर्कियो ।
बेलुकी चार बजेतिर नयाँ पुलमा ऊजस्तै आकृति हिँडिरहेको छाया बटुवाहरूले देखे । भुईँतिर मुन्टो फर्काएर उसैगरी ऊ फटाफट हिँडिरहेको थियो ।
त्यो दिन घरमा कृतिका लमजुङ जान्छु भनेर हिँडेकी थिई । भोलिपल्ट साँझसम्म कृतिका घर आइनपुगेपछि उसको खोजीमा प्रहरी थानामा निवेदन पर्यो र प्रहरीहरू कृतिका खोज्न लमजुङतिर लागे ।
मोदी खोला उसरी नै मस्त सुसाइरह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण