पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट
सारांश
- दाङको दङ्गीशरण गाउँपालिका-२ मा रहेको राजाकोट पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
- यहाँबाट विभिन्न हिमाल र दाङका भूभागहरू देख्न सकिने भएकाले पर्यटकको संख्या बढ्दै गएको छ।
- स्थानीय बासिन्दा र गाउँपालिकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न पहल गरिरहेका छन्।
दाङ । दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण बन्दै गएको छ । यहाँबाट दाङका सम्पूर्ण भूभागसहित सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालहरू देखिने भएकाले पनि पर्यटक आउन थालेका छन् । त्यत्तिमात्र होइन, राजाकोटबाट बबई, राप्ती नदी, बाँकेका विभिन्न भूभागको अवलोकन पनि गर्न सकिन्छ ।
पछिल्लो समय राजाकोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको दङ्गीशरण–२ गोल्टाकुरीका प्रकाश डाँगीले बताए । “यो क्षेत्र अवलोकनका हिसाबले रमणीय ठाउँ हो, त्यसैले पनि यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिन्छ”, उनले भने ।
राजाकोट दङ्गीशरण राजाले औलो लाग्दा बस्ने गरेको ठाउँका रूपमा रहेको स्थानीय चक्रमिलन विश्वकर्माले बताए । उनका अनुसार सोही ठाउँमा टेलिकमको पुरानो टावर पनि छ ।
गोल्टाकुरीबाट पाँच किलोमिटर पैदल हिँडेपछि राजाकोट पुग्न सकिन्छ । नजिकै कुनै बेला हाटबजार जाँदा रुकुम, सल्यान, रोल्पाका नागरिकले प्रयोग गर्ने तिलकन्या नाका भएकाले पनि यो क्षेत्र पर्यटकीय हिसाबले उत्तम रहेको स्थानीय देवीराम कुसारीले बताए ।
जहाँ विभिन्न स्थानका आन्तरिक पर्यटकले शनिबार ‘हाइकिङ’समेत गरेका थिए । गोल्टाकुरीबाट दुई घण्टामा पैदल हिँडेर त्यहाँ पुगेका थिए । सोही स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि पहल गर्ने दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण