कविता : युगको आवश्यकता
आइतबार, ०२ कात्तिक २०८२, ०९ : ५०
खुट्टा लर्बराउनेहरु देख्दा दया लाग्छ
के ले रोक्यो तिम्लाई सोध्न मन लाग्छ
आन्दोलनको म्यान्डेट सुनाऊँ झैँ लाग्छ
काम नगर्दै थाक्नेहरूसँग घृणा जाग्छ
यत्रतत्र भेटिए थुप्रै विश्लेषकहरू
बग्रेल्ती देखिए धेरै अन्वेषकहरू
ठोक्किए अनेकन् संश्लेषकहरु
सबले बजाए आ-आफ्नै डम्फुहरू
भेट्ने कोसिस गर्दै छु वास्तविक हिरो
जसले रोक्न सकोस् अशान्तिको पहिरो
मेट्न सकोस् जसले अविश्वास गहिरो
भ्रष्टाचारी ठेगान लगाउने हिम्मतिलो
एक युगमा फेरि एक दिन आएको छ
भ्रष्टाचारी र ठगहरू तिलमिलाएको छ
दुःखी गरिबहरुको आशा पलाएको छ
पीडितले न्यायको दियो जलाएको छ
टोखा -११, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण