बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

प्रधानमन्त्रीले बोलाएको छलफलमा ठुला दलबाट दोस्रो तहका नेताहरू सहभागी हुने

मङ्गलबार, ०४ कात्तिक २०८२, ०९ : ३१
मङ्गलबार, ०४ कात्तिक २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछिन्।
  • छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुनेछन्।
  • कांग्रेसबाट गगन थापा र प्रकाश शरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुनेछन्।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे हुने छलफलमा तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू सहभागी हुने भएका छन् ।

नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुने तय भएको छ । त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन सहभागी हुने संयोजक प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप