भारतद्वारा नेपालका विभिन्न विद्यालयहरूलाई स्कुल बस उपहार
बिहीबार, ०६ कात्तिक २०८२, १३ : ०२
काठमाडौँ । भारतले नेपालका विभिन्न विद्यालयलाई स्कुल बस उपहार दिएको छ ।
नेपालस्थित भारतीय दूतवासले बुधबार एक कार्यक्रम गरेर विभिन्न ४८ वटा विद्यालयलाई सो बस हस्तान्तरण गरेको छ ।
दूतावासका अनुसार सात प्रदेशका विभिन्न जिल्लामा रहेका विद्यालयहरूलाई सो बस उपहार दिइएको हो ।
खासगरी कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरू तथा दुर्गम जिल्लाहरू हुम्ला, मुस्ताङ, सङ्खुवासभा, दार्चुला, बैतडी र अछामलगायत ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहार स्वरूप प्रदान गरेको दूतावासले जनाएको छ ।
भारत सरकारले नेपाल र भारतबिचको लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै यो उपचार प्रदान गरेको दूतावासले जनाएको छ ।
विगत तीन दशकमा, भारतले नेपालका विभिन्न विद्यालयलाई ३८१ वटा स्कुल बस प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्कराज राईको प्रश्न – प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने ?
-
तीन वर्षदेखि बजेट छुट्ट्याइए पनि सुदूरपश्चिममा दुध कारखाना निर्माण योजना अलपत्र
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
चीनको चोङकिङमा ३८ महिनामै तयार भयो विश्वकै सबैभन्दा ठुलो रेल स्टेसन
-
राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन : नेकपा
-
विश्वकपमा युरोपियन मुलककै हालीमुहाली : किन बलियो देखियो युरोप ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण