रुकुम पश्चिम जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सारांश
- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका १० जनामध्ये नौ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।
- प्रहरीका अनुसार जिप सडकबाट करिब ७०० मिटर तल खसेको थियो र ओभरलोडका कारण दुर्घटना भएको अनुमान छ।
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।
शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्ले पुर्याएपछि मृत्यु भयो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका–१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक छन्।
दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइते हुनेमा आठविसकोट नगरपालिका–२ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया सङ्गीता बुढा र १९ वर्षीया शान्ति बुढा छन्।
त्यस्तै, अन्य घाइतेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र जिप चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेको प्रहरी निरीक्षक पुनले बताए।
नौ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ।
प्रहरीका अनुसार जिप सडकदेखि करिब ७०० मिटर तल खसेको थियो। ओभरलोड र साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण