साँखुको प्रहरी प्रभागमा आगजनी गर्ने दुईजना पक्राउ
आइतबार, ०९ कात्तिक २०८२, १५ : ३९
सारांश
- शंखरापुर नगरपालिकामा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा प्रलाद दाहाल र सानुकान्छा वाइबा रहेका छन्।
- आरोपीहरूले जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभागमा आगजनी गरेका थिए।
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–६ स्थित प्रहरी प्रभाग साँखुमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ घर भएर साँखु बस्ने ४३ वर्षीय प्रलाद दाहाल र शंखरापुर नगरपालिका–३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा छन् ।
आरोपीहरूले जेनजी आन्दोलनको क्रममा भदौ २४ मा प्रहरी प्रभागमा आगजनी र प्रहरीलाई कुटपिट गरेका थिए । आरोपीहरूमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण