दर्ता नै नगरी मेडिकल सञ्चालन, प्रतिबन्धित औषधि बिक्री
सारांश
- सल्यान प्रहरीले प्रतिबन्धित औषधि प्रिगा बिक्री वितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
- प्रहरीले कालिमाटी र शारदा नगरपालिकाका मेडिकलबाट २७० ट्याब्लेट प्रिगा बरामद गर्यो।
- पक्राउ परेका व्यक्तिले दुवै मेडिकल दर्ता नगरी अवैध रूपमा सञ्चालन गरेको पाइएको छ।
सुर्खेत । सल्यान प्रहरीले प्रतिबन्धित औषधि प्रिगा बिक्री वितरण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले कालिमाटी गाउँपालिका-३ जुगेना र शारदा नगरपालिका-९ सालचौरस्थित मेडिकलबाट २७० ट्याब्लेट प्रिगा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, आइतबार बेलुका कालिमाटी गाउँपालिका-३ जुगेनाका ४० वर्षीय बेद प्रकाश केसीले आफ्नो गंगामाला पोलिक्लिनिक तथा मेडिकलबाट अवैध रूपमा प्रतिबन्धित औषधि बिक्री गरिरहेको गोप्य सूचना प्राप्त भएको थियो।
सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब निरीक्षक सन्तोष बुढाथोकीको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोलीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा शारदा नगरपालिका-९ मा रहेको मेडिकलबाट ७० वटा प्रिगा ट्याब्लेट र कालिमाटी गाउँपालिका-३ जुगेनामा रहेको अर्को मेडिकलबाट २०० वटा प्रिगा ट्याब्लेट गरी कुल २७० वटा ट्याब्लेट बरामद गरिएको छ।
प्रहरीले केसीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट केसीले सञ्चालन गरेका दुवै मेडिकल दर्ता नगरी अवैध रूपमा सञ्चालन गरेको खुलेको छ।
बरामद गरिएको स्थान जिल्ला प्रहरी कार्यालय सल्यानबाट करिब २२ किलोमिटर पश्चिममा पर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण