बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुस्ताङमा हिमपातको कारण रोकियो ‘कबड्डी ५’को छायाङ्कन

मङ्गलबार, ११ कात्तिक २०८२, १३ : ४९
मङ्गलबार, ११ कात्तिक २०८२

सारांश

  • मुस्ताङमा भारी हिमपातका कारण फिल्म 'कबड्डी ५' को छायाङ्कन रोकिएको छ।
  • कलाकार विजय बरालले हिमपातले गर्दा छायाङ्कन रोकिएको जानकारी दिएका छन्।
  • फिल्म युनिटले काठमाडौं फर्किने वा पर्खिने भन्ने विषयमा छलफल गरिरहेको छ।

काठमाडौँ । फिल्म ‘कबड्डी ५’को छायाङ्कन रोकिएको छ । सोमबार रातिदेखि मुस्ताङमा भएको वर्षा र हिमपातले मंगलबार फिल्मको छायाङ्कन रोकिएको हो । 

हिमपातको कारण फिल्मको छायाङ्कन रोकिएको कलाकार विजय बरालले जानकारी दिए । विजय फिल्मको छायाङ्कनका लागि केही दिन अघिमात्र मुस्ताङ पुगेका थिए ।

बाँसुरी फिल्म्सको निर्माण रहेको फिल्म तल्लो मुस्ताङको लार्जुङ क्षेत्रमा छायाङ्कन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले भारीदेखि हल्का हिमपात हुने उच्च सम्भावना रहेकाले सतर्कता अपनाउन, पदयात्रा नगर्न सूचना समेत जारी गरिसकेको छ । यस्तो अवस्थामा फिल्म युनिट कुर्ने कि काठमाडौँ फर्किने भन्ने विषयमा छलफल भइरहेको बरालको भनाइ छ । 

२१ कात्तिकदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २’को प्रचारप्रसारको लागि विजय सहित कलाकार दयाहाङ पनि काठमाडौँ आउनुपर्नेछ ।

फिल्ममा दयाहाङ र विजयको अलवा मिरूना मगर, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, विपिन कार्की र मिस यूके नेपाल २०१७ सिर्जना गुरूङको समेत अभिनय रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप