नियमित महाधिवेशनले नयाँ पुस्ताकाे मुद्दा सम्बोधन गर्छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ पुस्ताकाे मुद्दा यसैले सम्बोधन गर्ने दाबी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा फेसबुकमार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेनजी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए ।
'अहिले उठेका कांग्रेस रूपान्तरण र पुस्तान्तरणसहितका तमाम मुद्दा सम्बोधनसँगै आम कार्यकर्ताहरूको मनोबल उच्च पारेर आम निर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्यक छ भनेर मैले जारी केन्द्रीय समिति बैठकमा विस्तृत लिखित प्रस्ताव प्रस्तुत गरिसकेको छु,’ केन्द्रीय सदस्य समेत रहेका उनले भने ।
विगतका उदाहरण हेर्ने हो भने पुस महिनाभित्र यो सम्भव पनि रहेको उनले बताए । अहिलेको कार्य समितिको म्याद थप्न लागिएको त होइन भनेर धेरै कार्यकर्ताबाट आशंसासहितको जिज्ञासा आफूले सामना गरिरहेको भन्दै उनले यसमा आफ्नो समर्थन नरहने बताए ।
महासमिति बैठक महाधिवेशन हुने वर्ष नबस्ने व्यवस्थातर्फ सङ्केत गर्दै केन्द्रीय सदस्य पौडेलले परिवर्तित अवस्थामा जेनजी आन्दोलनको भावना समेट्दै नीतिगत स्पष्टताका लागि महाधिवेशन आवश्यक रहेको बताए ।
वर्तमान कार्य समितिको कार्यकालसमेत सम्पन्न हुन लागेका बेला म्याद थप्ने कुरामा असहमत नेता पौडेलले विशेष महाधिवेशन माग गरेका साथीहरूको चासोसमेत यसले सम्बोधन गर्ने बताए ।
समयमै अधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण