दक्षिण कोरियाली महिलालाई यसरी ठगियो ३ लाख डलरभन्दा बढी
सारांश
- दक्षिण कोरियामा एआई प्रयोग गरी अभिनेता ली जुङ-जेको नाममा एक महिला ५० करोड वनभन्दा बढी ठगिएकी छिन्।
- ठगले आफूलाई ली जुङ-जे भएको दाबी गर्दै विभिन्न बहानामा पटक-पटक पैसा मागे, जसलाई महिलाले पत्याइन्।
- प्रहरीले घटनालाई रोमान्स स्क्यामको रूपमा पुष्टि गरेको छ, तर ठगको पहिचान अझै खुलेको छैन।
सोल । एआईको प्रयोग गरेर ठगीका घटना पछिल्लो बढिरहेका छन् ।
दक्षिण कोरियामा एक जना अधवैंशे महिला लोकप्रिय नेटफ्लिक्स सिरिज 'स्क्विड गेम'का स्टार कलाकार ली जुङ–जेको नाममा ठगिएकी छन् ।
५० कटेकी मिर्याङकी ती महिलालाई सामाजिक सञ्जालमा ली जुङ–जे हुँ भन्दै एक जनाले सम्पर्क गरे र आफूले फ्यानहरूसँग कुराकानी गर्न चाहेको बताए । एआई प्रविधिबाट तयार गरिएका कलाकारका तस्बिर र कागजात देखाउँदै उसले आफू वास्तविक कलाकारै हो भनेर पीडितलाई विश्वास पनि दिलाए ।
महिलाले उसको कुरा पत्याइन् । विस्तारै कुराकानी हुँदै गएपछि दुई जना नजिकिए । कुराकानी म्यासेजिङ एप काकाओ टकसम्म पुग्यो । ठगले महिलालाई ‘हनी’, ‘स्वीटी’ आदि सम्बोधन प्रयोग गर्न थालेपछि महिलाले लिले साँच्चै आफूलाई माया गर्न थालेको ठानिन् ।
ती व्यक्तिले 'विदेशी विमानस्थलमा अड्किएको छु, 'फर्किन पैसा चाहियो' आदि बहानामा पटक–पटक पैसा मागे । महिलाले पत्याइन् र दिइन् पनि । छद्म व्यक्तिले आफू कोरियामा फर्किएलगत्तै फिर्ता गर्छु भनेका थिए । पीडितले पत्याइन् पनि । तर जतिबेला उनले वास्तविकता बुझिन्, त्यतिबेलासम्म उनले ५० करोड वनभन्दा बढी रकम पठाइसकेकी थिइन् ।
एक पटक ७ हजार ५०० डलर उनले ‘भीआईपी पास’ किन्न पठाएकी थिइन् । यो पास किनेपछि उनले लिलाई प्रत्यक्ष भेट्न पाउने भनिएको थियो । तर त्यो भेट कहिल्यै भएन । ५० करोड वन गुमाइसकेको अवस्थामा पनि लगातारको दबाब र शंकास्पद व्यवहारपछि ती महिलाले प्रहरीमा उजुरी दिइन् ।
दक्षिण ग्याङसाङ प्रान्तीय प्रहरी विभागले घटनालाई ‘रोम्यान्स स्क्याम’ अर्थात् प्रेमका नाममा गरिएको ठगी भनेर पुष्टि गरेको छ । तर ठगको पहिचान अझै खुल्न सकेको छैन । यो घटनाले दक्षिण कोरियामा निकै चर्चा पायो ।
यसपछि अभिनेता ली जुङ–जेको एजेन्सीले विज्ञप्ति जारी गर्दै ‘ली जुङ–जे वा उनको नाममा कसैले पैसा मागेमा तुरुन्तै ठगीको आशंका गर्नु’ भनेर भन्यो । तर पीडित महिलाको लागि यो चेतावनी ढिलो भयो । उनले ठगिएको पैसा फिर्ता पाउने सम्भावना अत्यन्तै न्यून छ । केही महिनाअघि फ्रान्सकी एक महिलालाई ब्राड पिटको नक्कली खाताबाट ८ लाख ५० हजार डलर ठगिएको समाचार आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण