'मोन्था' चक्रवातको असर शनिबारसम्म, देशका अधिकांश भूभागमा वर्षा हुने
बिहीबार, १३ कात्तिक २०८२, १० : ३०
सारांश
- मौसम विभागका अनुसार 'मोन्था' चक्रवातले गर्दा शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुनेछ।
- कर्णाली र सुदूरपश्चिममा छिटपुट वर्षा हुनेछ भने अन्य प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ।
- काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि वर्षा हुनेछ, तर निरन्तर हुने छैन।
काठमाडौँ । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन् ।
आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताइन् ।
आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एक–दुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण