बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न, तस्बिरहरू

बिहीबार, १३ कात्तिक २०८२, १३ : ४७
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • पश्चिमी वायु र बंगालको खाडीमा बनेको चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।
  • शनिबारसम्म यो प्रभाव नेपालका सातै प्रदेशमा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडकमा पानी जमेकाले सवारीसाधन चलाउन समस्या भएको छ।

काठमाडौँ । देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले हाल उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

शनिबारसम्म यसको प्रभाव नेपालको सात वटै प्रदेशमा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

 उपत्यकामा बिहानैदेखि पानी पर्दा ललितपुरको महालक्ष्मीस्थानस्थित रिङरोड क्षेत्रको सडक जलमग्न भएको छ ।

नालाको सही व्यवस्थापन नहुँदा सो क्षेत्रमा केही समय वर्षा हुँदा पनि पानी जम्ने गरेको छ । जसका कारण जोखिमपूर्ण तरिकाले सवारीसाधन चलाउन पर्ने बाध्यता रहेको छ ।

Mahalaxmiisthan_ Lalitpur_ (1)Mahalaxmiisthan_ Lalitpur_ (2)Mahalaxmiisthan_ Lalitpur_ (3)Mahalaxmiisthan_ Lalitpur_ (4)Mahalaxmiisthan_ Lalitpur_ (5)Mahalaxmiisthan_ Lalitpur_ (6)Mahalaxmiisthan_ Lalitpur_ (7)Mahalaxmiisthan_ Lalitpur_ (8)Mahalaxmiisthan_ Lalitpur_ (9)Mahalaxmiisthan_ Lalitpur_ (10)Mahalaxmiisthan_ Lalitpur_

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप