बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

चीनले हटायो दुर्लभ बहुमूल्य धातुको निर्यातमाथि लगाएको प्रतिबन्ध

बिहीबार, १३ कात्तिक २०८२, १४ : ०६
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • चीनले दुर्लभ धातुको निर्यातमा लगाएका केही प्रतिबन्धहरू फिर्ता लिएको छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको भेटवार्तापछि प्रतिबन्ध फुकुवा भएको हो।
  • चीनले अमेरिकी जहाजहरूमाथि लगाइएको बन्दरगाह शुल्क पनि निलम्बन गरेको छ।

सोल । चीनले दुर्लभ बहुमूल्य धातुको निर्यातमा लगाइएका केही प्रतिबन्धहरू फिर्ता लिएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएकाे भेटघाटपछि चीनले केही प्रतिबन्धहरू फिर्ता लिएको हाे ।

चीनको वाणिज्य मन्त्रालयले यो खबरको पुष्टि गरेको छ । साथै अमेरिकी जहाजहरूलाई निशाना बनाएर लगाइएको विशेष बन्दरगाह शुल्क पनि अहिलेको लागि निलम्बन गरिएको छ ।

अमेरिकाले प्रतिबन्धित चिनियाँ कम्पनीको ५० प्रतिशत वा सोभन्दा बढीको हिस्सा भएको सहायक कम्पनी माथिको निर्यात नियन्त्रण कसेपछि यो महिनाको सुरुमा चीनले दुर्लभ धातुको निर्यात नाटकीय रूपमा कसिलो बनाएको थियो । 

अमेरिकाले यस्ता कम्पनीलाई निशाना बनाउँदै ल्याइएको नयाँ नियम निलम्बित गर्न अमेरिका सहमत भएको चीनको वाणिज्य मन्त्रालयका एक प्रवक्ताले विज्ञप्तिमा भनेका छन् । यसको बदलामा चीनले पनि संवेदनशील धातुको निर्यातमा लगाइएको नयाँ प्रतिबन्ध केही समय हटाउनेछ । 

चीनबाट आएका जहाज माथिको शुल्क अमेरिकाले एक वर्षका लागि निलम्बन गर्नेछ भने चीनले पनि यस्तै कदम चाल्ने बताइएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप