शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तान्जानिया : निर्वाचनपछिको प्रदर्शनमा 'सयौँ' मारिएको विपक्षीको दाबी

शनिबार, १५ कात्तिक २०८२, ०८ : ०५
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • तान्जानियामा निर्वाचनपछिको विरोध प्रदर्शनमा विपक्षी दलले करिब ७०० जनाको मृत्यु भएको दाबी गरेको छ।
  • संयुक्त राष्ट्र संघले सुरक्षा बलबाट कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ, जुन विपक्षीको दाबीभन्दा फरक छ।
  • तान्जानियाका विदेश मन्त्रीले विपक्षीको दाबी अस्वीकार गर्दै सरकारले बल प्रयोग नगरेको बताएका छन्।

डोडोमा । तान्जानियामा यस हप्ताको विवादास्पद निर्वाचनपछि भएका विरोध प्रदर्शनहरूमा सयौँ मानिस मारिएको मुख्य विपक्षी दलले दाबी गरेको छ। 

विपक्षी दल चादेमाका प्रवक्ता जोन किटोकाले प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या करिब ७०० पुगेको बताएका छन्। उनले पार्टी सदस्यहरूले देशभरका अस्पतालहरूको भ्रमणपछि यो आँकडा निकालेको जानकारी दिएका हुन्।

यता, संयुक्त राष्ट्र संघले भने सुरक्षा बलको हातबाट कम्तीमा १० जनाको मृत्यु भएको विश्वसनीय खबरहरू रहेको बताएको छ, जसले विपक्षीको दाबीसँग विरोधाभास देखाउँछ।

तान्जानियाका विदेश मन्त्री महमूद थाबित कोम्बोले पनि विपक्षीको दाबीलाई अस्वीकार गर्दै सरकारले ‘अत्यधिक बल’ प्रयोग नगरेको र प्रदर्शनकारीको मृत्युसम्बन्धी कुनै आधिकारिक तथ्याङ्क नभएको बताएका छन्। उनले केही क्षेत्रमा सरकारी सम्पत्तिहरू जस्तै कार्यालय र सवारी साधनहरूमा हिंसा र तोडफोडका घटना भएको स्वीकार गरेका छन्।

घटनामा मारिनेको वास्तविक संख्याको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप