रुसमा युक्रेनले गर्यो ठुलो ड्रोन आक्रमण, जलेर खरानी भयो तुआप्से बन्दरगाह
सारांश
- आइतबार राति युक्रेनले रुसमाथि ड्रोन आक्रमण गरेको थियो, जसमा तुआप्से बन्दरगाह र तेल ट्याङ्कर निशानामा परे।
- आक्रमणबाट बन्दरगाहमा क्षति पुग्यो र तेल ट्याङ्करमा आगो लाग्यो, तर चालक दल सुरक्षित रहे।
- युक्रेनले रुसको इन्धन आपूर्ति र सैन्य रसदमा बाधा पुर्याउन आक्रमणहरू तीव्र पारेको छ।
मस्को । आइतबार राति युक्रेनले रुसमाथि ठुलो ड्रोन आक्रमण गरेको छ । आक्रमणमा तुआप्से बन्दरगाह र कृष्ण सागरमा रहेको रुसी तेल ट्याङ्करलाई निशाना बनाइएको थियो । रातभरको आक्रमणमा बन्दरगाह जलेर ध्वस्त भएको छ ।
यो आक्रमणलाई युक्रेनले हालै गरेको सबैभन्दा ठुलो आक्रमण मानिएको छ । क्रास्नोडारको दक्षिणी क्षेत्रका अधिकारीहरूका अनुसार तुआप्से बन्दरगाहमा रहेको तेल ट्याङ्करमा यूएवी (मानवरहित हवाई सवारी साधन) का टुक्राहरू खसेर माथिल्लो डेकमा क्षति पुगेको छ । जहाजमा आगो लागेको भए पनि चालक दललाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।
यसवर्ष युक्रेनी ड्रोनहरूले तुआप्से बन्दरगाहमाथि बारम्बार निशाना बनाइरहेको छ । हालैका महिनाहरूमा, युक्रेनले रुसको इन्धन आपूर्ति र सैन्य रसद संयन्त्रलाई बाधा पु¥याउन आक्रमणको तीव्र पारेको छ । रुसी रिफाइनरीहरू, इन्धन डिपोहरू र पाइप लाइनहरूमा बारम्बार गरिएका यी आक्रमण युक्रेनी पावर ग्रिडमा रुसको आक्रमणको प्रतिक्रिया हो ।
यसैबिच बन्दरगाह भवनहरू र अन्य आवश्यक पूर्वाधारहरू पनि क्षतिग्रस्त भएको र यसले गर्दा त्यहाँका मानिसहरूको लागि अवस्था अझ कठिन बनेको क्रास्नोडार प्रशासनले बताएको छ । यसअघि शनिबार, युक्रेनले मस्को क्षेत्रमा रहेको रुसी सेनालाई इन्धन आपूर्ति गर्ने एउटा महत्त्वपूर्ण इन्धन पाइपलाइन नष्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण