दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी) बिच ६ बुँदे सहमति, आन्दोलनमा सहभागी हुने
सारांश
- दुर्गा प्रसाईंको अभियान र नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्यको सहमति भएको छ।
- दुवै पक्ष राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारको रक्षाका लागि देशव्यापी जनजागरण गर्नेछन्।
- आगामी मंसिर ६ गतेदेखि सुरु हुने आन्दोलनमा कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थक सहभागी हुनेछन्।
काठमाडौँ। दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र सुशीलमान शेरचनले नेतृत्व गरेको नेपाली कांग्रेस (बीपी) बिच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ। आइतबार प्रसाईं निवास मध्यपुरथिमिमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर तथा आदानप्रदान गरिएको हो।
नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेको आन्तरिक तथा बाह्य चुनौतीको प्रतिवादका लागि मुलुकव्यापी जनजागरण आवश्यक रहेको निष्कर्षमा दुवै पक्ष पुगेका छन्। राष्ट्र, धर्म र नागरिकको रक्षा, साथै सुशासन तथा स्वतन्त्रताको पुनर्स्थापनाको लक्ष्यसहित यो सहकार्य भएको हो।
सहमति अनुसार आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन्।
सहमतिमा उल्लेखित प्रमुख बुँदाहरू यसप्रकार छन्:
- साझा उद्देश्य: राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि दुवै पक्षले साझा सहकार्यमा आधारित अभियान सञ्चालन गर्नेछन्।
- आन्दोलनमा सहभागिता: आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरू सक्रिय रूपमा सहभागी हुनेछन्।
- स्वतन्त्र प्रचार र पहिचान: आन्दोलनका क्रममा नेपाली कांग्रेस (बी.पी.) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार–सामग्री र संगठनात्मक पहिचानसहित अभियानमा सहभागी हुने स्वतन्त्रता दिइनेछ।
- नेतृत्व र सह–समन्वय: आन्दोलनका कार्यक्रमहरू प्रभावकारी बनाउन दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित संयुक्त समन्वय समिति गठन गरिनेछ। बी.पी. कांग्रेसको तर्फबाट सहभागी टोलीको नेतृत्व तोकिएको जिम्मेवार व्यक्तिले गर्नेछ, जसले महाअभियानसँग सह-समन्वय गर्नेछ।
- नीति र मर्यादा: दुवै पक्षले आन्दोलनलाई पूर्ण रूपमा अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढङ्गले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्। कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने सहमति भएको छ।
- प्रेस र जनसम्पर्क: सहकार्य सम्झौता र आन्दोलनबारे दुवै पक्षले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत जानकारी सार्वजनिक गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण