आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

आकर्षक तलबको प्रलोभन देखाई ४२ लाख ठगी गरेकाे आराेपमा एकजना पक्राउ

आइतबार, १६ कात्तिक २०८२, १८ : ४०
आइतबार, १६ कात्तिक २०८२

काठमाडौँ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भन्दै ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ बस्ने ३१ वर्षीय राहुल पुन्ज रहेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पुन्ज बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युके लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएका थिए । ४२ लाख रकम लिई उनी फरार थिए । 

पीडितले दिएको जाहेरीका आधारमा आइतबार काठमाडौँ महानगरपालिका वडा नम्बर  ११ बाट पुन्जलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप