एकीकृत समाजवादीमा रामकुमारी, किसानलगायतको अलग समूह
सारांश
- नेकपा एकीकृत समाजवादीभित्र रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितको समूह बन्यो, जो पार्टी एकतामा सहभागी नहुने भयो।
- यो समूहले माधवकुमार नेपालसँगको पार्टी एकता र झलनाथ-घनश्याम समूहमा पनि सहभागी नहुने निर्णय गरेको छ।
- समूहका नेताहरूले एमालेमा जाने वा फरक तरिकाले अघि बढ्नेबारे केही दिनपछि निर्णय लिने बताएका छन्।
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीभित्र रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अमरबहादुर थापा लगायतको अलग समुह बनेको छ ।
यो समूह अध्यक्ष माधवकुमार नेपालसँगै पार्टी एकतामा पनि नजाने र झलनाथ घनश्याम समूहमा पनि नलाग्ने भएको छ ।
यसअघि यी नेताहरू अध्यक्ष माधव नेपालको निर्णयमा विमति राखेर बनेको झलनाथ खनाल र घनश्याम भुसाल समूहले शनिबार गरेको भेलामा सहभागी रहेका थिए ।
‘हामी झलनाथ खनाल र घनश्याम भुसालको समूहमा नरहने भयौँ,’ पूर्व सांसद रहेका नेता कृष्णकुमार श्रेष्ठले अमर बहादुर थापाले भने, ‘केही दिन हामी कतै पनि लाग्दैनौ ।’
श्रेष्ठका अनुसार आफूसहित रामकुमारी झाँक्री, डा.वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राई लगायतले सय जना जति यसरी बस्ने तयारी भइरहेको बताए ।
माधव नेपालले माओवादीसँगको एकतामा जान जसरी निर्णय लिए त्यसमा असहमति रहेको उनीहरूको भनाइ छ ।
नेता श्रेष्ठले केही दिनपछि एमालेमा जाने कि फरक ढङ्गले अघि बढ्ने बताए ।
‘हामी आफै पनि शक्ति हौँ तर अरूले हामीलाई देखाएर राजनीति गर्ने अवसर किन दिनु भनेर हामीले यो निर्णय गरेका हौ’, श्रेष्ठले भने, ‘हामीलाई एमाले र त्यसको नेतृत्वले ठुलो पद दिनुपर्दैन मिठो बोली दियो भने एमालेमै पनि फर्कन सक्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण