जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन
सारांश
- जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र झडपको घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान सुरु गरेको छ।
- प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धानको लागि फिल्डमा खटिएका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।
- आयोगले घटनाको प्रत्यक्ष प्रमाण संकलन, साक्षात्कार र आवश्यक विवरण लिने कार्य अघि बढाएको छ।
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भाद्र २३ र २४ गते भएका तोडफोड, आगजनी र झडपका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान अघि बढाएसँगै प्रहरी प्रधान कार्यालयले सो बेला फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन दिएको छ ।
प्रधान कार्यालयले कार्तिक १६ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमा हालका लागि सम्बन्धित इन्चार्जहरुलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनिएको छ ।
पत्रमा उल्लेख गरिएको छ, 'जाँचबुझ आयोग, २०८२ का सचिवालय सिंहदरबारको च.नं. १०७ मिति २०८२/०७/१६ गतेको पत्र आवश्यक कार्यार्थ संलग्न राखी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको छ । सो सम्बन्धमा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थितिको लागि बोलाउनुपर्ने हुँदा हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।'
आयोगले हाल जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएका झडप, प्रहरीद्वारा प्रयोग गरिएको बल र त्यसबाट भएका क्षति सम्बन्धी घटनाको प्रत्यक्ष प्रमाण संकलन, साक्षात्कार तथा आवश्यक विवरण लिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण