हेटौँडामा एन्फा प्रेसिडेन्ट लिग सुरु, चित्लाङको विजयी सुरुवात
मकवानपुर । हेटौँडामा बुधबारबाट सुरु भएको एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगतामा चित्लाङ फुटबल क्लब (काठमाडौँ) विजयी भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबारबाट हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा सुरु प्रतियोगितामा चित्लाङ फुटबल क्लब (काठमाडौँ) ले देउराली युथ क्लब (देउराली)लाई पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङले ४–१ गोल अन्तरले देउरालीलाई हराएको हो । चित्लाङका लागि चन्दन कुमार दासले ३२ औँ, लाहान सुब्बाले ४७ औँ, विज्ञान खड्काले ४८ औँ र मदन स्याङ्तनले ८८ औँ मिनेटमा गोल गरे । देउरालीका लागि रामचन्द्र वाजीले दोस्रो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा एक गोल फर्काए ।
खेलको प्लेयर अफ द म्याच चित्लाङका जय गुरुङ घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै दोस्रो खेलमा विजय स्पोट्र्स क्लब (कैलाली) र लालीगुराँस एसोसिएसन क्लब (कास्की) ले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्लेयर अफ दि म्याच लालीगुराँसका सुरज जंग ठकुरी घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण