निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय
सारांश
- तनहुँ जिल्ला निर्वाचन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी गरिरहेको छ।
- निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता, त्रुटि सच्याउने र ठाउँसारी लगायतका कामलाई तीव्रता दिएको छ।
- जिल्लामा ३०५ मतदान केन्द्र छन् र हालसम्म २,४७,००० भन्दा बढी मतदाता छन्।
तनहुँ । जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुटेको छ । कार्यालयले मतदाता नामावली दर्ता, त्रुटि सच्याउने, ठाउँसारीसँगै अन्य तयारीको कामलाई तीव्रता दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचनको तयारीका लागि आन्तरिक कामहरूलाई तीव्र रूपमा सञ्चालन गरिएको जानकारी दिए । लम्सालले जिल्लाभित्र रहेका मतदान केन्द्र, मतदानस्थल थपघट गर्नुपर्ने भएमा त्यसका लागि सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले कुनै पनि वडामा मतदान केन्द्रमा थप गर्नुपर्ने, मतदाता सार्नुपर्ने भएमा वडामा रहेको वडा मतदानस्थल तथा मतदान केन्द्रको सिफारिसमार्फत कार्य अगाडि बढाउने निर्णय गरेको छ ।”
तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार ९१५ जना रहेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली दर्ताको काम समेत भइरहेको छ । आगामी कात्तिक २० गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने लम्सालले जानकारी दिए ।
लम्सालका अनुसार गत असोज ९ गतेदेखि मङ्गलबारसम्म चार सय ५७ पुरुष र तीन सय आठ जना महिलाले नामावली दर्ता गराएका छन् । कार्यालयमा नामावली दर्तासँगै ठाउँसारीको काम समेत भइरहेको छ । तनहुँभित्रै एउटा वडाबाट अर्को वडा, एक पालिकाबाट अर्को पालिका र तनहुँबाट बाहिरी जिल्लामा ठाउँसारीका लागि निवेदन दिनेको सङ्ख्या दुई सय ३८ जना रहेको लम्सालले बताए । तनहुँबाट विशेष गरी चितवन र काठमाडौँ ठाउँसारी गर्नेहरू बढी छन् । यस्तै नामावलीमा त्रुटि भएका ६९ जनाले त्रुटि सच्याउनका लागि निवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण